श्रेष्ठको अध्यक्षतामा शिक्षक संगठन रामेछापको नयाँ नेतृत्व चयन

Written by meropradesh creator

३ पुष २०७८, शनिबार

रामेछाप । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापमा केशरबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न जिल्ला अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । श्रेष्ठ संगठनको अध्यक्षमा पुःन निर्वाचित भएका छन् यस अघि पनी श्रेष्ठ नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्ष भएर काम गरिसकेका छन् । अधिबेशनले केन्द्रिय प्रतिनिधी समेत चयन गरेको छ । अधिबेशनले संगठनको खुल्ला उपाध्यक्ष मणिबहादुर बस्नेत र महिला उपाध्यक्षमा दुर्गा पौडेललाई चयन गरेको छ । सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा कुमार पहाडी, सहसचिवमा भगवती पौडेल र सहकोषाध्यक्षमा सिता कार्की निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा शारदा खड्का, सुनमाया तामाङ, शिवकुमार सुवेदी, राजकुमार बोहरा, मधु सुवेदी, निमाफुर्वा शेर्पा, शंकरबहादुर बस्नेत, राजकुमार खड्का, सन्तोष भण्डारी, डम्बरबहादुर तामाङ, मोहनबहादुर थापा, बालादेवी पोखरेल, कमला खड्का, गोमा श्रेष्ठ, पार्वती पाठक, अर्जुन श्रेष्ठ र जीतबहादुर तामाङ निर्वाचित भएका हुन् ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा रशोककुमार श्रेष्ठ, भरतकुमार बस्नेत, गुणबहादुर बिक र सुभद्रा घिमिरे सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै शर्माले शिक्षक संगठनको आन्दोलनलाई ट्रेड युनियन आन्दोलनको रूपमा अघि बढाउनु पर्नेमा जोड दिएका छन् । वाग्मती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले शिक्षक आन्दोलनसँगै शिक्षा गुणस्तरमा पनि शिक्षकको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा संगठनका वाग्मती प्रदेश अध्यक्ष निरबहादुर कार्की, नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, शिक्षक महासंघ रामेछापका अध्यक्ष रमबहादुर श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...