शक्तिशाली महादेब स्थानापति मन्दिरमा सडक र सिँडी निर्माण

Written by meropradesh creator

१७ चैत्र २०७८, बिहीबार

रामेछाप । नेपालको तेस्रो शक्तिशाली र पूर्वको दोश्रो शक्तिशाली पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथानमा सडक र सिँडी निर्माण कार्य सम्पन्न भएको छ । मन्थली नगरपालिकाले पूर्वको दोश्रो पशुपतिनाथको रुपमा रहेको स्थानापति बैरा महादेवथानमा भक्तजनहरुलाई सहज बनाउने उद्देश्यले सडक र सिँडी निर्माण गरेको बताएका छन् । सडक र सिँडीको एकै साथ उद्घाटन गदै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरको महत्वपूर्ण योजना सम्पन्न भएकोमा आपूm एकदमै खुसीभएको बताएका छन् । सिँडी निर्माण गर्ने क्रममा खासै बिरोध नभए पनि सडक निर्माण गर्ने क्रममा भने नगरको कार्यपालिका सदस्यहरुले नै विरोध गरेको बताए । नगरप्रमुख बस्नेतले भने कार्यपालिकाको सदस्यहरुको बिरोधको बाबजुद बजेट बिनियोजन गरियो तर योजना सम्पन्न हुन्नकी भन्ने डर थियो योजना सम्पन्न भयो म आज नगरप्रमुख भए पछि सबै भन्दा खुसी भएको छु । बस्नेतले भने कार्यपालिकाबाट बजेट विनियोजन गर्न नदिए पछि पूर्वाधार तर्फबाट बजेट बिनियोजन गरेर सडक निर्माण सम्पन्नभयो म यसमा खुसी छु ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले हिडेर जान चाहने भक्तजनहरुको लागि पदमार्ग र हिडेर जान नसक्ने अशक्त भक्तजनहरुको लागि सडक निर्माण गरिएकोे बताए । महादेवथानको फेदीमा साना महादेव लगायतका देवताहरु रहेकाले प्रायःजसो भक्तजनहरु हिडेर जाने गर्दछन् । स्थानापति महादेव मन्दिर जाने बाटोमा सिँडी निर्माण भएसँगै भक्तजनको चलपहल पनि बढेको स्थानीयले बताएका छन् ।
सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा रहेको स्थानापति महादेव मन्दिर रामेछाप जिल्लाको मात्र नभएर नेपालकै ऐतिहासिक मन्दिरहरु मध्ये पर्दछ । स्थानापति महादेव मन्दिरलाई काठमाडौंको पशुपतिनाथ र खोटाङको हलेसीपछि तेस्रो पशुपतिनाथको रुपमा लिइन्छ भने पूर्वको दोश्रो पशुपतिनाथको रुपमा मानिन्छ । मन्थलीबाट गेलु, फुलासी हुँदै जाँदा महादेव मन्दिर परिसरसम्म सवारी साधनपुग्ने भए पनि स्थानापति महादेव मन्दिरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु मन्थलीबाट चिसापानी पुरानोगाउँ हुँदै जाने गर्दछन् । पुनारोगाउँ हुँदै जाँदा स्थानापति महादेव थानको काखमा रहेको हाटडाँडाबाट करिब पौने घण्टा भीरको उकालो बाटो पैदल हिड्नु पर्दछ ।
उकालो बाटोको ठाउँठाउँमा विभिन्न देवताहरुको थानभएकाले प्रायजसो भक्तजनहरु भीरको बाटो भएर नै महादेवथान जाने गर्दछन् । अधिकांश भक्तजनहरु भीरको बाटो भएर महादेवथान जाने भएकाले स्थानापति महादेवको रुपमा चिनिने बहिरा महादेवथानको प्रवद्र्धन र भक्तजनको सहजताको लागि सिँडी निर्माण गरिएको नगरप्रमुख बस्नेतले बताएका छन् । सिँडी निर्माण हुनु पहिले महादेव थान गएर फर्कने क्रममा एकजना भक्तजनको भीरबाट लडेरसमेत मृत्यु भएको थियो । मन्दिर जान भक्तजनलाई समस्या भएपछि मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा १० लाख, २०७५÷०७६ मा २० लाख, आर्थिक वर्ष २०७६÷७७ मा २० लाख रुपैयाँ र आर्थिक वर्ष ०७७÷७८ मा ३० लाख र ०७८÷७९ मा ३० लाख रुपैयाँमा सिँडी निर्माणको काम सम्पन्न भएको छ । सिँडी निर्माणको काम सम्पन्न भएपछि सिँडीको डिल साइटमा रेलिङ्ग समेत राखेर भक्तजननाई दर्शनको लागि मन्दिर जान सहज भएको छ । पैदल जानेको लागि मन्दिर फेदीबाट मन्दिरसम्म १ हजार ४ सय ४० वटा सिँडी निर्माण गरिएको छ भने हिड्न नसक्ने र अशक्त भक्तजनहरुको सहजताको लागि खुर्बेसी–बाहुनचुरा हुँदै मन्दिरसम्म सडक जोडिएको छ ।
त्यसैगरी खुर्बेसी–बाहुनचुरा हुँदै मन्दिरसम्म सडक निर्माण सम्भब नभएको भन्दै सबैले बिरोध गरे पनि वडा अध्यक्षको साहस र हिम्मतले जोडिएको भन्दै नगर प्रमुखले खुसी ब्यक्तसमेत गरेका छन् । आफ्नै वडा कार्यालय जान आउनसडक नहुँदा ३÷४ घण्टा लगाएर हिड्न पर्ने र सडकको बाटो आउन चनखु चिसापनी हुदै जाने आउने गर्न पर्ने समस्या थियो । वडा अध्यक्षज्युले जसरी पनि सडक जोड्ने भनेर लागेपछि आपूmले पनि साथ दिदा कसैले पनि सडक जोडिन्छ भनेर विश्वास नगरे पनि सडक जोडिएको बताए । आर्थिक वर्ष २०७५÷०७६ सालमा नगर पालिकाबाट १३ लाख र वडा कार्यलयबाट २५ लाख बजेट विनियोजन गरेर काम केही अघि बढेपछि आर्थिक वर्ष ०७६÷०७७ सालमा बागमती प्रदेश सरकारको ५० लाखबाट काम भएको भएपनि प्रदेशबाट आएको अनुगमन समिति र केही स्थानीयले सडक जोड्न सम्भव नभएको भन्दै आर्थिक बर्ष २०७७÷०७८ मा भने कुनै पनि क्षेत्रबाट बजेट नपरेको वडा अध्यक्ष बुद्धीबहादुर पुलामीमगरले बताए । वडा अध्यक्ष मगरले भने आर्थिक वर्ष ०७८÷०७९ सालमा ६५ लाख नगरपालिकाबाट बिनियोजन भए सँगै सडक जोड्न सफल भएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...