इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान आएको ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कैयौँ भवन भत्किनुका साथै क्षतिग्रस्त भएको बताइएको छ ।
शुक्रबार बिहान सबेरै आएको भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएको जनाएको छ । द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शहरमा मात्र यस भूकम्पका कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमान बताए । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरू पुरिएको अनुमान गरिएको छ । त्यसैगरी, मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पका कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुवैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
उद्धारकर्ताहरूले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेको बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ । भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...