‘सहकारीले सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको छ’ – मुख्यमन्त्री बानियाँ

३ भाद्र २०८२, मंगलवार

हेटौंडा । हेटौंडा–६ हात्तिलेटमा अवस्थित गरिबी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले समुदायमा रहेको पुँजी परिचालनमार्फत सहकारी संस्थाले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले पछिल्लो समय केही सहकारीका कारण नकारात्मक धारणा बने पनि समग्रमा सहकारी अभियानले आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको स्पष्ट पारे । साथै, प्रदेश सरकार सहकारी क्षेत्रको प्रवर्द्धनमा सधैं सकारात्मक रहेको उनले दोहोर्‍याए ।

कार्यक्रम सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा सहकारीको २५औं साधारणसभा, स्थापना दिवस, रजत जयन्ती, स्मारिका विमोचन तथा भवन उद्घाटन समेत गरिएको थियो । मुख्यमन्त्री बानियाँले संस्थाले प्रकाशन गरेको स्मारिका विमोचन पनि गरेका थिए ।

भवन निर्माणमा योगदान गर्ने हेटौंडा–६ वडा कार्यालय, संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, निवर्तमान अध्यक्ष पुष्पराज पराजुली, ज्येष्ठ सदस्यहरू गोपालप्रसाद दुलाल, धनप्रसाद पुडासैनी, कुलप्रसाद दुलाल, चन्द्रप्रसाद खतिवडा, सानीकान्छी भुजेल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सहकारीका उपाध्यक्ष रिपुप्रसाद गौतम, कृष्णप्रसाद दुलाल लगायतले पनि मन्तव्य राखेका थिए ।

सो अवसरमा अध्यक्ष सापकोटाले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे भने सचिव शरदकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद गौतमले लेखा प्रतिवेदन पेश गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...