रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न सकिएन भन्न नमिल्ने बताएका हुन् । पछिल्लो समयमा भएको सहकारीको समस्याको बारेमा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रामेछापको कार्यालयमा बोल्दै अध्यक्ष ढकालले भने“ हामीले पहिला कर्जा असुली गर्न सक्नु पर्छ । अनि मात्र बचत फिर्ता गर्न सकिन्छ । ऋण असुली तर्फ नलागे बचत फिर्ता गर्न गाह्रो छ । यदि ऋण असुली भएको अवस्थामा कुनै समस्या छैन । बिना धितो ऋण दिने सहकारीलाई समस्या होला त्यो सहकारीले जिम्मा लिन सक्नु पर्छ । सहकारीको पैसा घरको पैसा दिएको जसरी सहजै दिने सहकारीहरूलाई भने पछिल्लो समय समस्या आएको छ । सहकारीको नीति र विधिमा रहेर काम गर्ने सहकारीलाई अहिले कुनै पनि समस्या छैन । अध्यक्ष ढकालले भने ।
थप विवरण जस्ताको त्यस्तै भिडियोमा