सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न काँग्रेसको माग ः सत्तापक्ष संसदीय छानबिन समिति गठन नगर्ने अडानमा

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । सरकारले भने सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नगर्ने बताई सकेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले मङ्गलवार बसेको प्रतिनिधिसभा बैठक समेत बहिस्कार गर्दै सञ्चालन गर्न रोकेका छन् । 

रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै आएको काँग्रेसले आफ्नो अडानलाई कायम राखेको छ । बैठकको सुरुमै काँग्रेसले आफूहरूको आवाजलाई दबाइए संसद् अवरुद्ध गराउने सङ्केत गरेको थियो । यदि संसद् अवरुद्ध भए त्यसको जिम्मा सरकारले लिनुपर्ने भन्दै काँग्रेसले कडा चेतावनी दिएको थियो । 

उक्त चेतावनीपछि सभामुखले रास्वपा सांसदलाई बोल्ने अनुमति दिए । तर नेपाली काँग्रेसका सांसदहरूले उठेर बैठक बहिस्कार गरे । त्यसपछि संसद् बैठक प्रभावित भयो । यहीबिच संसद् १५ मिनेटलाई रोकियो । तर त्यसपछि बैठक सञ्चालन हुन सकेन । नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै संसद् र सडकबाटै राजीनामा माग गरिरहेको छ । काँग्रेसले यो क्रमलाई संसदमा अझ सशक्त बनाउँदै लगिरहेको छ । यसैको निरन्तरतास्वरुप काँग्रेसले मङ्गलवार पनि रविको संलग्नताबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान दोहोराएको हो । तर यो विषयमा न सरकार र काँग्रेस दुवै टसमस भएका छैनन् । यही विषयलाई लिएर काँग्रेसले यसअघि पनि संसद् अवरुद्ध गरेको थियो ।

काँग्रेसले सो बैठकमा विगतमा आरोप लागेका मन्त्रीहरूले तत्काल राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै गृहमन्त्री रविले पनि राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ । आफूहरूको माग अस्वीकार गर्नुले रवि सहकारी ठगी प्रकरणमा संलग्न भएको आधार पुष्टि गरेको काँग्रेस  दाबी गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...