शिविरले फर्कायो दृष्टि

१५ भाद्र २०८२, आईतवार


मेरो प्रदेश डेक्स

मन्थली, भाद्र १५
रामेछाप सदरमुकाम मन्थलीमा १ सयभन्दा बढी मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । सामुदायिक विकास समाज मन्थलीको आयोजनामा शुक्रबार र शनिबार चलेको शिविरमा १ सय १३ जनाको सफल शल्यक्रिया गरिएको हो ।
आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकी अन्धकार र कष्ठकर जीवन बिताइरहेकालाई शिविरले उज्यालो प्रदान गरेको समाजले जनाएको छ । मोतियाबिन्दुको कारण गुमेको दृष्टि फर्किने भएपछि शिविरमा सहभागीहरु निकै खुशी भएका थिए । रामेछाप नगरपालिका–८ का केदारनाथ घिमिरेले लामो समयदेखि आँखा धमिलो देख्ने समस्या निशूल्क शल्यक्रियापछि समाधान भएकोमा खुशी व्यक्त गरे ।
समाजका निर्देशक मिलन कुमार घिसिङले शिविरमा १ सय ११ जनाको मोतियाविन्दु शल्यक्रिया र ३ जनाको सानो अप्रेसन गरिएको जानकारी दिए । उनका अनुसार शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ सुषमा दुवालको नेतृत्वमा ११ सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया गरेको हो ।
केही दिन अघि खाँडादेवी गाउँपालिकामा सम्पन्न आँखा शिविरबाट पहिचान भएका बिरामीसहित अन्य पालिकाका मोतियाबिन्दुका बिरामीलाई समेत शल्यक्रिया सेवा दिइएको हो । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान, सामुदायिक सर्किजल आँखा केन्द्र रामेछापको ‘केयर ब्लाइन्डनेस प्रोजेक्ट’ तथा पीएसएफ लक्जेम्बर्ग र खाँडादेवी गाउँपालिकाको सहयोगमा शिविर आयोजना भएको सामुदायिक विकास समाज मन्थलीले जनाएको छ । शल्यक्रियाको पर्खाइमा तड्पीरहेका मोतियाबिन्दुका बिरामीहरुलाई शिविर वरदान सावित भएको र यस्ता शिविरहरु निरन्तर आयोजना हुनुपर्ने सहभागीहरुले माग गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...