रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, शिवालयमा शुक्रबार राति भएको भीषण आगलागीमा स्थानीय विक्रम राईको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। भान्सा कोठाबाट राति ८:३० बजे अचानक सल्किएको आगोले घरभित्रका फर्निचर, खाद्यान्न र लत्ताकपडा गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल खरानी बनाएको हो। मानवीय क्षति नभएको यस घटनामा शिवालय प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









