रामेछाप । अरिंगालले टोकेर ज्यान गुमाएका खाँडादेवी गाउँपालिका–२ का ८ बर्षिय दिवस लामाको परिवारलाई नेपाल शिक्षक संघ रामेछापले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मृतक लामा खाँडादेवी गाउँपालिका वडा नं २ मा रहेको खाँडादेवी आधारभूत विद्यालय गोठपानीमा अध्ययनरत थिए । उनको गत साउन २९ गते अरिंगालको टोकाइवाट मृत्यु भएको थियो । उनको मृत्यु पछि नेपाल शिक्षक संघ रामेछापले शिक्षक कल्याण कोषको कार्यविधि अनुसार मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले भने– शिक्षक संघले निमार्ण गरेको कार्यविधिमा रामेछाप जिल्लाभर सामुदायिक विद्यालयहरुमा अध्ययनरत शिशु कक्षा देखी १२ कक्षासम्मका विद्यार्थीहरु भवितव्य वा दुर्घटनामा परि अकालमा ज्यान गुमाएको खण्डमा मृतक विद्यार्थीको परिवारलाई राहात स्वरुप आर्थिक सहयोग उपलव्ध गराउने भन्ने भएकाले उक्त रकम उपलव्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।