रामेछाप । नेपाल शिक्षक महासङ्घ मन्थली नगर कार्यसमितिले दशै तिहार तथा छढ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नका साथै चियापान कार्यक्रम गरेको छ । बिहीबार बिहान शिक्षक महासङ्घले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शिक्षक महासङ्घका जिल्ला अध्यक्ष लगायत पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश शिक्षकहरूले शैक्षिक सुधारको कामना गर्दै शिक्षा नीति गलत भएको बताएका थिए । शैक्षिक सुधारका लागी शिक्षा नीति परिमार्जन गर्नु पर्ने धारणा राख्दै अभिभावक विद्यार्थी लगायतको शिक्षक प्रति हेर्ने दृष्टिको बदलिएको भन्दै समीक्षाको विषय बनेको बताए । शिक्षकहरूले आ–आफ्नो क्षेत्रको दशै तिहार जस्ता पर्वको विषयमा कुरा गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।