शिक्षिकाको पिटाईबाट मन्थली माविका २८ विद्यार्थि घाईते

Written by meropradesh creator

१९ जेष्ठ २०७९, बिहीबार

रामेछाप । आफुलाई पढाउने शिक्षिकाको हातबाट पीटाई खाँदा मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् ।

आफनो कक्षा कोठा सफा नगरेको भन्दै सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् । घाईतेहरु सबैको शरिरमा सिर्कनाको नील डाम रहेको गुनासो अविभाबक स्वयंले गरेका छन् ।

मंगलबार दिउँसो अध्यापन गराउने क्रममा आफनो घण्टिको समयमा शिक्षिका श्रेष्ठले कोठा सफा गराउन बालबालिकालाई निर्दैशन दिदै कक्षाबाट बाहिरिएकी थिईन् । तर विद्यार्थीहरुले कक्षा सफा नगरि बसिरहे । पछि पुनः उनी कक्षामा आउँदा कक्षा सफा नगरेको देखेपछि उनले सबै विद्यार्थीलाई ढोका लगाएर लाईनमा पीटेकी थिईन् । उनले बच्चाहरुलाई पीट्दा कक्षा कोठामा ठुलो रुवावासी चलेको कुरा विद्यार्थीहरुले घरमा गएर गुनासो गरेपछि मात्र आफुहरुले थाहा पाएको अविभाबकहरुले बताएका छन् ।

सोही बिषयलाई लिएर अविभावकहरु बुधबार विद्यालयमा डेलिगेसन पनि गएका थिए । सो बारेमा उनीहरुले विद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदै आफना बालबालिका पीट्नुको कारण खोजिगर्दै दोषि शिक्षीकालाई कार्वाहीको माग गरेका थिए ।

यस बारेमा विद्यालयका शिक्षक चन्द्रसिह धामी संँग सम्पर्क गर्दा उनले घटना सामान्य भएको र अविभाबक शिक्षकहरु समेतको रोहबरमा समस्या समाधान भैसकेको जानकारी गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...