शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन सिफारिस

Written by meropradesh creator

२ पुष २०७७, बिहीबार

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले देशको समग्र शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन सिफारिस गरेको छ । विद्यालय र शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र सेवामुखि बनाउँदै गुठिमा रुपान्तरण गर्न आयोगले सुझाव दिएको छ । औपचारिक रुपमा सार्वजनिक नगरिए पनि श्रोत मार्फत् प्राप्त गरेको प्रतिवेदनमा उल्लेख १० बुँदे सिफासिरमा शिक्षाको सैद्धान्तिक दृष्टिकोण सहित कार्यान्वयनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिका उल्लेख गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिलाई प्राज्ञिक वातावरण बनाउने र प्रधानाध्यापकलाई प्राज्ञिक परिणाम दिने नेतृत्वको रुपमा ब्यवस्था गर्न आयोगले सुझाएको छ । विद्यालय एवं उच्च शैक्षिक संस्थाहरुको समायोजन र नक्साङ्कनद्वारा सेवा प्रवाहको क्षेत्र निर्धारण गर्न आयोगको सिफारिस छ । विषय शिक्षकको अभाव हल गर्ने उपाय सहित शिक्षामा कार्यरत जनशक्तिको सेवा प्रवेशको न्यूनतम योग्यतामा वृद्धि गर्न पनि आयोगको सुझाव छ ।
उच्च शिक्षालाई मुलुकको समृद्धिको आधार मान्दै नेपाललाई उच्च शिक्षा अध्ययन केन्द्र बनाउन सकिने सुझाव पनि प्रतिवेदनमा उल्लेख छ । विश्वविद्यालयलाई स्वायत्तता दलीय राजनीतिबाट मुक्त पदाधिकारीको छनौट, उच्च शिक्षा तहको पूर्णताका लागि ६ महिना देखि १ बर्ष सम्मको राष्ट्रिय विकास सेवा सञ्चालन गर्न पनि आयोगको सुझाव छ । प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा कोषको स्थापनाको पनि सिफारिस गरिएको छ । गुणस्तर, शिक्षा क्षेत्रको ब्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि जवाफदेही नेतृत्वको पनि आयोगको सिफारिस छ । आयोगले आफ्नो प्रतिवेदनमा रुपान्तरणका लागि २४ बुँदे मार्गचित्र पनि प्रस्तुत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...