शिक्षा ऐनको धज्जी उडाउँदै एकै व्यक्ति दुई विद्यालयको अध्यक्ष

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

रामेछाप । शिक्षा ऐन विपरित मन्थली नगरपालिका भित्र रहेका दुई वटा सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा एकै व्यक्तिले जिम्वेवारी सम्हाल्दै आएको बर्षौ बितिसक्दा पनि उनलाई पदवाट बर्खास्त गर्न मन्थली नगरपालिकाले सकेको छैन् ।
शिक्षा ऐनमा कुनै एक व्यक्ति दुईवटा सामुदायिक विद्यालयको अध्यक्ष पदमा बस्न नमिल्ने व्यवस्था रहेको छ । तर उक्त नियमको धज्जी उडाउँदै मन्थली नगरपालिका वडा नं–१ को जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको मन्थली माध्यमिक विद्यालय र वडा नं–२ मा रहेको ताम्राकौशिका निम्नमाध्यमिक विद्यालय गरि दुईवटा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा मन्थली नगरपालिका वडा नं–२ का ध्रुवकुमार कार्कीले दोहोरो रुपमा काम गर्दै आएको बर्षौ बित्दासम्म उनलाई मन्थली नगरपालिकाले पदवाट हटाएको छैन् ।
एउटै व्यक्ति दुईवटा सामुदायिक विद्यालयको अध्यक्ष पदमा बस्न नमिल्ने कानुनी प्रावधान हुँदाहुँदै पनि एकै व्यक्तिलाई दुई विद्यालयको अध्यक्ष पदमा राख्नु गम्भिर अपराध हो । यस बिषयमा हामीले पटक–पटक आवाज उठाउँदा पनि मन्थली नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीले बुझेर पनि नबुझे जस्तै गरी बुच पचाएर बसेको आरोप नेपाली काँग्रेस रामेछापका जिल्ला सचिब लेखवहादुर कार्कीले लगाए ।
उनले भने– एउटै व्यक्ति कुनै पनि हालतमा दुई वटा विद्यालयको अध्यक्ष पदमा बस्न मिल्दैन । अध्यक्ष पदमा बस्ने व्यक्तिले पनि यो बिषयमा जानकार हुनुपर्ने हो । विद्यालयले पनि अर्को विद्यालयमा अध्यक्ष पद लिएका व्यक्तिलाई पुनः अध्यक्ष पदमा राख्नु हुदैन्थ्यो । मन्थली माध्यमिक विद्यालयले पनि अन्य अभिभावक व्यवस्थापन समितिमा बस्ने मान्छे नभए झैँ गरि अर्को विद्यालयको अध्यक्षमा रहेका व्यक्तिलाई राख्नु हुँदैन्थ्यो नेता कार्कीले बताए ।
शुरुमा ताम्राकौशिका निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहदा रहदै अध्यक्ष कार्कीले मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पद पनि आफ्नै पोल्टामा पारेका थिए । अहिलेसम्म हाम्रो विद्यालयको अध्यक्षमा ध्रुव कुमार कार्की नै हुनुहुन्छ, अब उहाँको पनि म्याद सकिन लागेको छ, हामी अब व्यवस्थापन समितिको पुनः टुङ्गो लगाउने पक्षमा पुगेका छौं ताम्राकौशिका निम्न माध्यमिक विद्यालयका प्रध्यानाध्यपक शंकर विक्रम कार्कीले जानकारी  दिए ।


जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले यसरी दुईवटा सामुदायिक विद्यालयमा शिक्षा ऐन बिपरित एकै व्यक्ति अध्यक्ष पदमा वस्दा समेत कुनै कारवाही गर्न सकेको छैन् । एउटै व्यक्ति दुईवटा विद्यालयको अध्यक्ष पदमा वस्न मिल्दैन हामी चाडै एक विद्यालयको जिम्वेवारीवाट हटाउने पक्षमा पुगेका छौं, मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए ।
उनले भने– स्थानिय सरकारले बनाएको शिक्षा ऐनमा एउटै व्यक्ति दुईवटा सामुदायिक विद्यालयको अध्यक्ष पदमा बस्नै मिल्दैन । हामीले उहाँलाई पटक–पटक अध्यक्ष पद छाड्नुस भनेर मौखिक रुपमा जानकारी गराएका छौं । तर उहाँले अहिलेसम्म छोड्नु भएको छैन् । हामी चाडै उहाँलाई कुनै एक विद्यालयको अध्यक्षको जिम्वेवारीवाट हटाउने पक्षमा छौं । उहाँले जसरी पनि एक विद्यालय छोड्नै पर्ने महाशाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...