सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै बिद्यालमा सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावकले समेत काँग्रेसको अभियानलाई सहयोग गरेको छ । नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि रत्नहरी ढुङ्गेल र प्रदेश प्रतिनिधि यम घिसिङको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

जिल्ला प्रतिनिधि ढुङ्गेलले समुदायमा काँग्रेस कार्यक्रम अन्तर्गत पहिलो दिन आज विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरेको बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका युवा नेता ढुङ्गेलले विद्यालयमा विद्यार्थी देखी अभिभावक र शिक्षक समेत हुने हुँदा राजनीतिक अवस्था बुझ्नका साथै आगामी योजना बनाउन समेत सुझाव लिन सहज हुने भएकोले विद्यालयमा कार्यक्रम राखिएको बताए । विद्यार्थी, शिक्षक र अभिभावक समुदायको विज्ञ हुने हुँदा सो सुझाव महत्त्वपूर्ण हुने महाधिवेशन प्रतिनिधि ढुङ्गेलले बताए ।

ढुङ्गेलले भने“ हामी समुदायमा जान्छौँ घरघर जान्छौँ । समुदायको भावना र सुझाव बुझ्छौ । समाजको राजनीतिक सामाजिक अवस्था पहिचान गछौं । सो अनुसार जिल्लामा जानकारी गराउँछौँ । जिल्ला हुँदै केन्द्रमा छलफल हुने छ । त्यसपछि काँग्रेसको महासमितिमा छलफल हुने छ सो अनुसार काँग्रेसले आगामी राजनीतिक यात्रा र राजनीतिक रणनीति तयार गर्ने छ । यो महत्त्व पूर्ण कार्यक्रम रहेको छ । यस कार्यक्रममा सबै क्षेत्र र समुदायको सुझाव लिन जरुरी छ । यो काँग्रेसको महान् अभियान हो”नेता ढुङ्गेलले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फागुन २१ को निर्वाचनमा कांग्रेस जित सुनिश्चिततर्फ : उपसभापति

फागुन २१ को निर्वाचनमा कांग्रेस जित सुनिश्चिततर्फ : उपसभापति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको जित सुनिश्चिततर्फ अघि बढेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उनले...

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलाई...

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...