रामेछाप । शहिद दीबसको अबसरमा शुक्रबार रामेछापमा नेकपा दाहाल–नेपाल समुहले मात्र पुष्पलाल पार्कमा पुगेर अमर शहिदको संझना गरेको छ भने ओलीले समुहले शहिदलाई बिर्सेको छ ।
दाहाल–नेपाल समुहले रामेछाप नगरपालिका वडा नं–८ को भंगेरीको पुष्पलाल पार्कमा रहेको शहिदहरुको स्मारकमा पुगेर माल्र्यापण गरि शहिदहरुलाई सम्झेको हो । शहिदको संझनाका लागि भंगेरीमा पुगेका नेकपा दाने समुहका जिल्ला ईन्चार्ज देबशंकर पौडेलको नेतृत्वमा भंगेरीको पुष्पलाल पार्कमा पुगेका नेता तथा कार्यकर्ताले अमर शहिद र कम्युनिष्टका संस्थापक नेता स्वर्गीय पुष्पलालको सालिकमा माल्र्यापर्ण गरेर सम्झेका थिए ।
नेताहरुले शहिदको स्मारकमा माल्र्यापण गर्दै अमर शहिदको नाममा एक मिनेट मौनधारण समेत गरे । कार्यक्रममा नेकपा दाने समुहका रामेछाप नगर कमिटीका पदाधिकारीहरु र स्थानिय केही कार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो । नेकपा दाने समुहले जिल्लामा खासै ठुलो कार्यक्रम नगरेपनी शहिद दीवसको अबसरमा शहिदलाई भने सम्झन बिर्सीएन ।
तर सत्तासिन कम्युनिष्ट पार्टी नेकपा ओली र नेपाली काँग्रेस र अन्य कुनै पनि पार्टीले भने शहिद दिबसका दिन शहिदलाई औपचारीक रुपमा पनि जिल्लामा सम्झीएनन् । शहिदलाई दलका नेताहरुले सम्झनु पर्ने हो तर त्यो रामेछापका दल र नेताहरुले त्यो गरेनन्, एक कार्यकर्ताले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...