सगरमाथा आरोही ४६ जना लाई खिजीदेम्बा गाउँपालिकाले गर्‍यो सम्मान 

१७ भाद्र २०८१, सोमबार

ओखलढुङ्गा । सगरमाथा आरोही ४६ जनालाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका भित्रका सगरमाथा आरोहीलाई पालिकाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । ‘स्वावलम्बी, कीर्तिमानी र कर्मशीलहरूलाई खिजीदेम्बाको साथ: साहसिक पदयात्रा मार्फत पर्यटन प्रवर्द्धनमा मिलाऔँ हातमा हात’ भन्ने उद्घोष सहित गाउँपालिकाले सम्मान गरेको हो । पालिकाले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको हातबाट४६ जना सगरमाथा आरोहीहरूलाई सम्मान गरेको हो ।

सन् २००१ मा खिजीदेम्बा गाउँपालिका ९ का दोर्जी शेर्पाले ओखलढुङ्गा जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता खिजीदेम्बाबाट मात्रै हालसम्म ४६ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । खिजीदेम्बाकै जाङ्बु शेर्पाले २२ औँ पटक सम्म सगरमाथा चढिसकेका छन् ।

खिजीदेम्बा पर्यटनको प्रचुर सम्भावना भएको पालिका रहेको र गाउँपालिकाका अधिकांश शेर्पा समुदायका नागरिक पर्यटन व्यवसायमा संलग्न रहेकाले स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको अध्यक्ष गम्बु शेर्पाको भनाई छ । राज्यको तर्फबाट अपेक्षित सहयोग नपाएको अवस्थामा पहिलो पटक आफ्नो गाउँपालिकाले सम्मान गरेर हौसला दिएको आरोहीहरूले बताएका छन् । पालिकाको सम्मान ग्रहण गर्न पाउँदा पहिलो पटक सगरमाथा आरोहण गर्दा जतिकै खुसी मिलेको ओखलढुङ्गाकै पहिलो महिला सगरमाथा आरोही माया शेर्पाले बताइन् । आरोही र पर्यटन व्यवसायीले पर्यटनका क्षेत्रमा सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । कार्यक्रममा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदीप सुनुवारले ओखलढुङ्गाको पर्यटन विकासका लागि पहल गरिरहेको बताएका थिए । खिजीदेम्बाले आरोहीको सम्मान र पर्यटन सद्भावना दूत घोषणा गरेर रचनात्मक काम गरेको भन्दै नेताहरूले पालिकाको प्रशंसा समेत गरेका छन् ।

खिजीदेम्बाका सगरमाथा आरोहीलाई सम्मान गर्दै पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विकासलाई  सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । खिजी चण्डेश्वर एयरपोर्ट सञ्चालन देखि ओखलढुङ्गाको पर्यटन विकासका लागि योजना ल्याउन आग्रह गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको योगदानलाई संस्थागत गर्न सरकारले योजना बनाउने प्रतिबद्धता जनाए ।

ओखलढुङ्गाको दुर्गम गाउँ खिजीदेम्बा पर्यटनको प्रचुर सम्भावना भएको पालिका हो । नेपालका घुम्न लायक सय गन्तव्य सूचिमा पर्ने थोलेदेम्बासहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा पालिका जुटेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...