सेवाग्राहीको मन जित्दै बाणिज्य बैंक

Written by meropradesh creator

३ श्रावण २०७९, मंगलवार

रामेछाप । बिगत वर्षमा सेवाग्राहीले बाणिज्य बैंकवाट चुस्त दुरुस्त र सहज रुपमा सेवा नपाएको गुनासो यत्रतत्र सुनिय पनि पछिल्लो समय सो बैंकले सेवाग्राहीको मन जित्न सफल भएको छ ।

सदरमुकाम मन्थलीमा शुरुमा नागरिकलाई सेवा दिन शुरु गरेको एक मात्रै बाणिज्य बैंकले रामेछाप जिल्ला अलावा छिमेकी जिल्ला ओखलढुङ्गाका सेवाग्राहीलाई समेत सेवा दिनुपर्दा भनेको समयमा सेवा पाउन सकेका थिएनन् । पछिल्लो समय वाणिज्य वैंकले रामेछाप नगरपालिका–८ रामेछाप बजार र साँघुटार वजार, गोकुलगंगा गाउँपालिका–२ ठोसे वजारमा समेत वैंकिङ्ग सेवा शुभारम्भ गरेसँगै सेवाग्रगाहीलाई सेवा दिन सहज भएको राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखा प्रबन्धक मुकेश दाहालले जानकारी दिए ।

उनले भने– कार्यालयले नागरिकलाई दिदै आएको सेवालाई सहजीकरण गर्दै आर्थिक निती, विधि र पद्धतीको आधारमा दिदै आएको सेवालाई सहज बनाएको हो । सेवालाई सरलीकरण गरेसँगै बैंकको भाका नाघेको खराब कर्जा समेत घट्दै गएको र अन्य निजी बैंकहरुको भन्दा सेवा छिटो र छरितो तरीकाले दिदा बाणिज्य बैंक रामेछापका नागरिकको मन मुटुमा बस्न सफल भएको प्रबन्धक दाहालले बताए ।


पछिल्लो समय बैंकले दिदै आएको सेवालाई चुस्त र दुरुस्त पार्दै कार्यालयवाट हुने कर्जा लगानी सरलीकरण गर्दै असुलीमा समेत पछिल्लो समय बाणिज्य वैंक जिल्लाकै अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ । बैंकले नागरिक मैत्री काम गरे वापत गएको आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ५३ लाख ९० हजार १ सय ७७ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको हो ।

कुनै समय बाणिज्य वैंकवाट कर्जा लिन झन्झटिलो र मुस्किल पर्ने गुनासो सेवाग्राहीवाट यत्रतत्र सुनिने गरेको भएता पनि अहिले उक्त वैंकवाट सेवा लिन धेरै सजिलो भएको मन्थली नगरपालिका–१ देवकोटा चोकका जिएस होटल संचालक सुदिप देवकोटाले जानकारी दिए । उनले भने– पहिला बाणिज्य वैंकवाट कर्जा लिन धेरै समय लाग्ने र झन्झटिलो हुने गर्दा समस्या थियो । अहिले त्यो समस्या हटेको छ । केही दिन अघि मलाई आवश्यक परेको कर्जा कार्यालयमा माग गरेको तीन दिनभित्रै पाउँदा आफुलाई ज्यादै खुशी लागेको छ । अहिले बाणिज्य बैंक जस्तो सहज रुपमा सेवा पाउने बैंक सदरमुकाम मन्थलीमा कुनै पनि नभएको सेवाग्राही देवकोटाले बताए ।


बैंकमा असार महिनामा जिल्लाका अधिकासं सरकारी कार्यालयले उपभोक्तालाई दिनुपर्ने भुक्तानीको चेक एकैपटक काटेर पठाएपछि उक्त चेक सटही गर्न सेवाग्राहीलाई समस्या हुने र बैंकमा पनि धेरै भिडभाड हुने भएकाले असार महिनाभर सार्वजनिक विदाको दिनमा पनि कार्यालय खोलेर नागरिकलाई सेवा प्रदान गरिएको सो बैंकका बरिष्ठ सहायक सुर्दशन पौडेलले जानकारी दिए ।

उनले भने– सदरमुकाम मन्थलीमा धेरै निजी बैंकहरु खुलेपनि ती बैंकहरुले सेवाग्राहीको मन जित्न सकेका छैनन् । बाणिज्य बैंकले नै सहज तरिकाले सेवा दिन थालेपछि अहिले दैनिक ३ सय भन्दा वढी नागरिकहरु चेक सटही, डिपोजित र सरकारी राजश्व जम्माको लागि आउने गरेको पनि सहायक पाैडेलले बताए ।


यसबाहेक स्थानिय तह गठन भएसँगै सरकारले जेष्ठ नागरिकलाई प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्ता बैंकीङ्ग प्रणालीम मार्फत बितरण गर्ने नियम ल्याएपछि वितरणमा समस्या भएको भन्दै स्थानिय तहले माग गरेको आधारमा रामेछाप नगरपालिका–२ देउरालीका नागरिकको घर–घरमा नै पुगेर ५ सय जना जेष्ठ नागरिकको खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहजिकरण गरिएको सो बैंकका सुचना अधिकारी रामेश्वर घिमिरेले जानकारी दिए ।

उनले भने– रामेछापमा जति धेरै निजी बैंकहरु भित्रिए पनि नागरिकलाई बाणिज्य बैंकको जति मोह अन्य कुनै पनि बैंकमा रहेको छैन् । जसका कारण दैनिक जसो बैकमा सेवाग्राहीको घुइचो हुने गरेको र नागरिकलाई कार्यालयको टिमले सहज ढंङ्गले सेवा प्रदान गर्दा सेवा लिन आएका नागरिकहरु हर्षित भएर फर्कने गरेको पनि सूचना अधिकारी घिमिरेले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...