सेवा निवृत्त चार शिक्षक सम्मानित

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । लिटिलस्टार इङ्लिस स्कूल मन्थलीले आफ्नो २५ औं स्थापनादिवस तथा रजतजयन्तीको अवसर पारेर सेवा निवृत्त चारजना शिक्षकहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने निबृत्त शिक्षकहरुमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, तामामाकोशी जनजागृती माध्यमिक विद्यालय खिम्तीका प्रधानाध्यापक पबनराज पौडेल, हिमगंगा माध्यमिक विद्यालय साँघुटारका प्रधानाध्यापक झनहरी दाहाल रहेका छन् ।


त्यस्तै मन्थली माध्यमिक विद्यालयका शिक्षक एवं लिटिलस्टार इङ्लििस स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानिधी सुबेदी रहेका छन् । लामो समय जिल्लामा रहेर शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । त्यसैगरी सोही कार्यक्रमको अवसर पारेर लिटिलस्टार इङ्लििस स्कुलमा ५ वर्षदेखी २३ वर्षसम्म निरन्तर रुपमा पढाउँदै आएका शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई समेत प्रमाण–पत्र र खादा ओढाएर सम्मान गरेको हो ।
सरस्वती पूजाकै दिन पारेर विद्यालयले रजत जयन्तीको अबसरमा विद्यालयले गरेको विविध गतिविधिहरु समेत सहभागीहरुलाई जानकारी गराएको थियो । सोही कार्यक्रमको अवसरमा विद्यालयले तयार पारेको रजत जयन्ती स्मारिका कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेत र विद्यालयका प्रधानाध्यापक धनलाल योञ्जनले सयुक्त रुपमा विमोचन गरेका छन् ।
वि.सं. २०५२ साल पौष १५ गतेबाट पूर्व प्राथमिक तहबाट पठनपाठन शुरुवात गरेको उक्त विद्यालयले २०५८ सालमा प्राथमिक, २०६० सालमा निम्न माध्यमिक र २०६४ सालदेखि एसएलसी सम्मको पढाई सञ्चालन गर्दै आएको हो । २०६४ देखी २०७६ एसएलसी÷एसइई उतिर्ण हुनेकाे संख्या ३ सय ७२ जना रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...