सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न

काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो ।

नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना गरिएको तालिम पछि सहभागीहरूले आफूलाई आवश्यक पर्ने प्याड आफै तालिम पछि तयार गर्न सक्ने भएको आईडिएस नेपालका पालिका संयोजक माया विष्टले जानकारी दिइन । संयोजक विष्टले भनिन्“ किशोरीहरू महिनामा कहिदिन विद्यालय जान वा बाहिर निस्कन समस्या हुने र सबै किशोरीहरूलाई बजारमा खरिद गर्न समस्या हुने गर्दछ । यो तालिम पछि त्यस्तो समस्या नहुने बताइन्”

महिनावारीको समयमा किशोरीहरूमा विद्यालय आउन समेत नसक्ने अवस्था रहने हुनाले उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्न सके स्वास्थ्यका लागि पनि राम्रो हुने सहजकर्ता आशा थापाले बताएकी छिन । किशोरीहरूलाई धोएर पुनः प्रयोग गर्न सक्ने कपडा प्रयोग गरेर बनाउन सिकाइएको स्वास्थ्य कर्मी तथा सहजकर्ता थापाले जनाएकी छिन् । कार्यक्रमको सहजीकरण आईडिएस नेपालका जिल्ला संयोजक प्रेम खनाल र लेखापाल लक्ष्मीराज जोशीले गरेका थिए ।

महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने परम्पराको अन्त्य हुने नगरपालिकाले जनाएको छ । साथै किशोरीहरूलाई आत्मनिर्भर बनाएर घरमै प्याड बनाउन यस तालिमले सहयोग गर्ने विश्वास गरिएको छ । किशोरीहरूलाई तालिममा स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा तालिम दिइएको छ । बुढिगंगा नगरपालिका वडा न २ का कार्यवाहक वडा अध्यक्ष धर्मराज जैशीको अध्यक्षतामा सो कार्यक्रमको सञ्चालन गरिएको आईडिएस नेपालका पालिका संयोजक माया विष्टले बताएकी छिन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...