सदरमुकाम मन्थलीमा दैनिक चोरीका घटना बढे

Written by meropradesh creator

१८ चैत्र २०७७, बुधबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक मात्रामा मोवाइल गस्ती नगर्दा सदरमुकाम मन्थलीमा दैनिक रुपमा चोरीका घटना बढेका छन् ।
प्रहरीले सदरमुकाम मन्थलीमा नै आवश्यक मात्रामा मोवाइल टोली परिचालन नगर्दा जिल्लाकै मुटु मानिने जिल्ला सदरमसकाम मन्थलीमा नै दैनिक रुपमा चोरीका घटना घट्ने गरेका छन् । चोरीका घटना वढ्दै गएपछि सदरमुकाममा सुरक्षाको अनुभुती गर्न नै नपाइएको स्थानियहरुले आरोप लगाएका छन् । प्रहरीको सक्रियता कम देखिएपछि मन्थली वजारको मुख्य मुटु मानिने देवकोटा चोक आसपासका वस्तीहरुमा विहान, मध्य दिउँसो र रातीको समय पारेर घर चोरी हुँदै आएको छ ।
एकहप्ता अघि मन्थली नगरपालीका वडा नं–१ देवकोटा चोक मुनी बिहानको समयमा रमा श्रेष्ठको घरको तीनतले पक्की घरको तीनतला माथीवाट जुत्ता, चप्पल लगाएतका सामाग्रीहरु चोरी भएको थियो । त्यसको दुई÷तीन दिन पनि बित्न नपाउँदा पुन त्यस क्षेत्रका चारवटा घरमा चोरी भएको छ । चोरले दिउँसो र रातीको समय पारेर कपडा, जुत्ता, मोवाइल, पैसा र सुन लगाएतका सामानहरु चोरी गर्दै आएको छ ।
देवकोटा चोक मुनी करिब डेढ वर्षअघि पनि ७ वटा घरहरुमा चोरी भएको थियो । भाडामा बस्दै आएका तिलक हायुको कोठा समेत चोरी   भयो । हायुको कोठावाट करिव ३ तोला सुन र लत्ता कपडा समेत करिव २ लाख वरावरको चोरी भएको थियो । हायुले कोठाबाट सामान चोरी भएको जानकारी पाउनासाथ उनले प्रहरीलाई खबर गरे र घटनामा संलग्नको खोजी गरिदिन निवेदन समेत दिए । तर निवेदनको सुनुवाई प्रहरीवाट हुन नसक्दा उनी दुःखीत बने ।
यसअघि पनि जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न पसलहरुमा चोरी भएको थियो । पसल लगाएत विभिन्न व्यक्तिहरुको घर दैनिक रुपमा चोरी हुन थालेपछि स्थानियहरु त्रसित वनेका छन् । यसरी जिल्लाकै मुटु मानिने सदरमुकाममा दैनिक रुपमा चोरी हुँदासमेत प्रहरीले पत्ता लगाउन नसक्नु लाजमर्दो कुरा भएको स्थानियहरु बताउँछन् ।
चोरी डकैती लगाएतका घटना वढेको भन्दै केही समय अघि रामेछाप उद्योग वाणिज्य संघको पहलमा वजारका विभिन्न स्थानहरुमा सिसि क्यामरा जडान समेत गरिएको थियो । सिसि क्यामेरा जडान गरिएको भएता पनि प्रहरीले चोरी गर्ने व्यक्ति फेला पार्न नसक्दा सिसी क्यामेरा कुनै औचित्य नभएको स्थानिय नागरिकहरुको गुनासो रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...