रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आवश्यक मात्रामा मोवाइल गस्ती नगर्दा सदरमुकाम मन्थलीमा दैनिक रुपमा चोरीका घटना बढेका छन् ।
प्रहरीले सदरमुकाम मन्थलीमा नै आवश्यक मात्रामा मोवाइल टोली परिचालन नगर्दा जिल्लाकै मुटु मानिने जिल्ला सदरमसकाम मन्थलीमा नै दैनिक रुपमा चोरीका घटना घट्ने गरेका छन् । चोरीका घटना वढ्दै गएपछि सदरमुकाममा सुरक्षाको अनुभुती गर्न नै नपाइएको स्थानियहरुले आरोप लगाएका छन् । प्रहरीको सक्रियता कम देखिएपछि मन्थली वजारको मुख्य मुटु मानिने देवकोटा चोक आसपासका वस्तीहरुमा विहान, मध्य दिउँसो र रातीको समय पारेर घर चोरी हुँदै आएको छ ।
एकहप्ता अघि मन्थली नगरपालीका वडा नं–१ देवकोटा चोक मुनी बिहानको समयमा रमा श्रेष्ठको घरको तीनतले पक्की घरको तीनतला माथीवाट जुत्ता, चप्पल लगाएतका सामाग्रीहरु चोरी भएको थियो । त्यसको दुई÷तीन दिन पनि बित्न नपाउँदा पुन त्यस क्षेत्रका चारवटा घरमा चोरी भएको छ । चोरले दिउँसो र रातीको समय पारेर कपडा, जुत्ता, मोवाइल, पैसा र सुन लगाएतका सामानहरु चोरी गर्दै आएको छ ।
देवकोटा चोक मुनी करिब डेढ वर्षअघि पनि ७ वटा घरहरुमा चोरी भएको थियो । भाडामा बस्दै आएका तिलक हायुको कोठा समेत चोरी भयो । हायुको कोठावाट करिव ३ तोला सुन र लत्ता कपडा समेत करिव २ लाख वरावरको चोरी भएको थियो । हायुले कोठाबाट सामान चोरी भएको जानकारी पाउनासाथ उनले प्रहरीलाई खबर गरे र घटनामा संलग्नको खोजी गरिदिन निवेदन समेत दिए । तर निवेदनको सुनुवाई प्रहरीवाट हुन नसक्दा उनी दुःखीत बने ।
यसअघि पनि जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न पसलहरुमा चोरी भएको थियो । पसल लगाएत विभिन्न व्यक्तिहरुको घर दैनिक रुपमा चोरी हुन थालेपछि स्थानियहरु त्रसित वनेका छन् । यसरी जिल्लाकै मुटु मानिने सदरमुकाममा दैनिक रुपमा चोरी हुँदासमेत प्रहरीले पत्ता लगाउन नसक्नु लाजमर्दो कुरा भएको स्थानियहरु बताउँछन् ।
चोरी डकैती लगाएतका घटना वढेको भन्दै केही समय अघि रामेछाप उद्योग वाणिज्य संघको पहलमा वजारका विभिन्न स्थानहरुमा सिसि क्यामरा जडान समेत गरिएको थियो । सिसि क्यामेरा जडान गरिएको भएता पनि प्रहरीले चोरी गर्ने व्यक्ति फेला पार्न नसक्दा सिसी क्यामेरा कुनै औचित्य नभएको स्थानिय नागरिकहरुको गुनासो रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...