सडक दुर्घटना र उद्धार सम्बन्धी रामेछापमा कृत्रिम अभ्यास

Written by meropradesh creator

७ आश्विन २०७९, शुक्रबार

रामेछाप । जिल्ला बिपत ब्यवस्थापन समिती रामेछापले सडक दुर्घटना र उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरेका छन् । समुदाय स्तरमा नागरिक सचेत हुन पर्ने भन्दै जिल्ला बिपत व्यवस्थापन समितिले बिभिन्न खाले अभ्यास गरेर नागरिकलाई सचेत गराउनका साथै घट्ना घटेमा उद्धारको बिषयमा जानकारी गराउदै आएका छन् ।

जिल्ला बिपत ब्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल , जिल्ला प्रहरी कार्यलय र जिल्ला रेडक्रस सोसाइटी रामेछापको सहयोगमा आयोजना गरेको कार्यक्रममा रामेछापको सडकको अवस्था र दुर्घटना को बारेमा जानकारी गराइएको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३३ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटना बाट २२ जनाले ज्यान गुमाएको जिल्ला ट्र«ाफिक कार्यालय रामेछापका प्रमुख चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनले सोहि कार्यक्रममा बोल्दै सवारी दुघटना बाटमात्र ९८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापको तथ्याङ्कमा रहेको बताए । दुई नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापको ग्रामिण भेगका अधिकांश सडक कच्ची छन् । त्यसैले रामेछापका सडक दुर्घटनामा परी वर्षेनी धेरे मानिसले ज्यान गुमाइरहेका छन् ।

जिल्लामा हुने यस्ता सडक दुर्घटनाको घटनालाई मध्यनजर गरी सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति रामेछापको आयोजनामा जिल्लाको पुरानो सदरमुकाम रामेछापको भंगेरीमा शुक्रबार उक्त अभ्यास गरिएको हो । अभ्यासका क्रममा रामेछाप नगरपालिका–८ भंगेरीमा यात्रु बहाक बस दुर्घटना हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरि उपचार तथा आवश्यक व्यवस्थापनबारे अभ्यास गरिएको थियो ।

उद्धार टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू सम्मिलित थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले यदि कुनै दुर्घटना भइहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताउनुभयो । विपद कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उहाँले बताउनुभयो ।

‘जुनसुकै बेला सडक दुर्घटना, आगलागी, बाढी पहिरो जस्ता विपद्का घटनाहरू हुन्छन्, यस्ता घटनामा परेकालाई उद्धार, उपचार लगायतका व्यवस्थापनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न र नागरिकलाई पनि सचेत गराउनका लागि यस्ता कृत्रिम नमूना अभ्यास आवश्यक छ’, उहाँले भन्नुभयो । जिल्लामा विगतका समयमा सडक दुर्घटना, आगलागी, बाढी पहिरो जस्ता विपद्का घटनाहरू भएकाले त्यस्ता घटनाहरूलाई ध्यानमा राखेर यो अभ्यास गरिएको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धीत निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर आउदैनन्, तर सडक दुर्घटना भने लापरबाहीले नै बढी हुने गरेका छन्, त्यसैले यस्ता अभ्यासको ठुलो महत्व छ उहाँले भन्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...