रामेछाप । सभापति पूर्णबहादुर तामाङ ( कान्छारामले) आफूले गरेका चार गल्ती सुधार गरे छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको बताएका छन् । बि पी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित बृक्षरोपन कार्यक्रममा बोल्दै नेता खड्काले बारम्बार सभापतिले एकलौटी ढङ्गबाट पार्टी सञ्चलन गर्ने अन्य नेताको मान मर्दनमा आँच आउने काम गर्ने गर्दै आएको भन्दै सभापतिले आफूले गरेको चार गल्ती सुधार गरे आफूहरू अझै पनि पार्टी हितको लागी छलफल गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
खड्काले भने अझै पनि पार्टी सभापति सुध्रिएर पार्टी सञ्चालन गर्न सभापतिले चाहेको भए ४ वटा गल्ती सुधार्न पर्छ नेता खड्काले भने । यदि सभापतिले एकलौटी सिफारिस गरी नियुक्ति दिलाएको नवविसंको सभापति खारेजी गर्नु पर्ने , आफू सँग नजिकिएको भन्दै नारायण बोगटीलाई प्रवक्ता बाट हताएको भन्दै जिम्मेवारी पुनः दिनु पर्ने, उपसभापति नवराज थरकोलाई दिने प्रशिक्षण प्रमुखको जिम्मेवारी तत्काल दिने र गुन्सीमा खसेको मतको ७५ प्रतिशत मत खसाउँदा समेत नेता भरत प्रसाद चौलागाईलाई अन्तर्घात गरेको र चुनाव हराउन लागी परेको आरोप लगाउँदै कार्वहिको सिफारिस गरेको उक्त सिफारिस तत्काल फिर्ता गरेर निर्णय सच्याए तत्काल वार्ता बसेर समस्या समाधान गर्न सकिने बताए ।
सभापतिले आफू बाहेक अन्य नेताको पार्टीमा कुनै योगदान छैन आफू भन्दा बाहेक अरू नेता कोही हैन सबै मै हु भन्ने घमन्ड छाड्न पर्ने नेता खड्काले बताए । नेता खड्काले भने –स्थानीय तहको निर्वाचन आयो । निर्वाचनमा एकलौटी ढङ्गबाट टिकट बाढीयो । हामीले भनेका कुरा सुनिएन । सल्लाह लिन चाहेन । त्यति गर्दा समेत बसेर छलफल गर्ने र सल्लाह दिने कोसिस गरिरह्यौँ नेता खड्काले भने ।