काठमाडौं । सभामुख निर्वाचनमा सहमती जुटाउन बालुवाटारमा सत्तारुढ दलको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका हुन् ।
बैठकमा सत्ता साझेदार दलमा आबद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल छन् । तेस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू बैठकमा उपस्थित रहेका छन् ।
बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति र सभामुखका लागि छलफल हुने तय भएको छ। कांग्रेसले पनि सभामुख र राष्ट्रपतिका लागि दाबी गरेपछि सत्ता गठबन्धनलाई अप्ठ्यारो परिरहेको छ ।