सबै स्थानिय तहमा एमालेको जित हुन्छ ः नेता ढुंगेल

Written by meropradesh creator

१ फाल्गुन २०७८, आईतवार

रामेछाप । नेकपा एमालेका जिल्ला इन्चाज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ ओटै स्थानीय तहमा एमालेले जित हासिल गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता ढुंगेलले रामेछापको सबै स्थानिय तहमा एमालेको जित सुनिश्चित रहेको बताएका हुन् । पूर्वमन्त्री ढुंगेलले आफु बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहदा रामेछापमा विकासको लहर छाएको बताउँदै अब सबै स्थानिय तहमा एमालेको जित पक्का रहेको बताएका हुन । सथै सोही कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापले पत्रकार नवराज पथिकलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापले आफ्नो चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार पथिकलाई नगद सहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको हो । प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक विफा घिसिङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व आथिक मामिला तथा योजनामन्त्री, एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेलले नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको हो । विगत २५ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार नवराज पथिक अहिले रेडियो इनर्जी १०६.२ मेगाहर्ज मन्थलीका प्रवन्धक निर्देशक, सनराइज खबरमा सहायक सम्पादक र एभिन्युन टेलिभिजका रामेछाप जिल्ला रिपोर्टरको रुपमा काम गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...