सबै संचारकर्मीप्रति उच्च सम्मान छ– नगरप्रमुख बस्नेत

Written by meropradesh creator

३ माघ २०७७, शनिबार

रामेछाप । मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा आफ्नो धारणा राख्ने क्रममा बोलेको बिषयलाई लिदै नेपाल पत्रकार महासंघ रामेछाप लगाएत विभिन्न पेशागत संघ÷संगठनहरुले निकालेको प्रेम विज्ञप्तीको बिषयलाई लिएर मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले आत्माआलोचना गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नगरसभामा आफुले बोलेको बिषयलाई लिएर जिल्लाका पत्रकारहरुले निकालेको विज्ञप्तीको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्चाल मार्फत उनले मन्थलीको आठौं नगरसभामा जिल्लाका ५ वटा रेडियोलाई मात्रै खबर गरेको र बाँकी अन्य कुनै पनि संञ्चारकर्मीलाई खबर नगरेको जनाएका छन् ।


मन्थली नगरपालिकाको आठौं नगरसभामा आफुले खबर गरेका रेडियोका प्रतिनिधिहरु मध्ये जम्मा २ जना मात्रै उपस्थिती रहेका र बाँकी अन्य कोही नआएकाले सो कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मैले बोलेको भनाईले कोही कसैको भावनामा चोट पुग्न गएको भए सधै आत्माआलोचित हुने छु प्रमुख बस्नेतले सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । त्यस्तै आफ्नो भनाईको बिषयलाई लिएर प्रमुख बस्नेतले भनेका छन्– जिल्लाका आम संचारकर्मी प्रति मेरो उच्च सम्मान र मेरो राजनितिक चरित्र रहेकाले अन्यथा नलिइदिन अनुरोध समेत गरेका छन् ।
मन्थली नगरपालिकाको पौष २८ गते भएको आठौं नगरसभामा बोल्ने क्रममा मन्थलीका नगरप्रमुख रमेशकुमार बस्नेतले जिल्लाका पत्रकारहरुलाई “खान र लिन पाउने भए लाईन लागेर आउँथे, अन्यथा किन आउँथे” भन्ने जस्तो तल्लो स्तरको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको ठहर गर्दै नेपाल पत्रकार महासंघ र अन्य विभिन्न पेशागत संघ÷संघठनहरुले प्रेस विज्ञप्ती मार्फत गम्भिर ध्यानकर्षण भएको जनाएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...