साउदीमा सवारी दुर्घटनामा परेका रामेछापका सन्तोष तामाङको मृत्यु, शव नेपाल ल्याउन परिवारको मार्मिक अपिल

रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ सल्लेका ३४ वर्षीय सन्तोष कुमार तामाङको साउदी अरबमा सवारी दुर्घटनामा परी निधन भएको छ। विगत तीन महिनादेखि साउदीमा सवारी चालकको रूपमा कार्यरत तामाङको जेठ १८ गतेको दिन कार्यस्थलमै दुर्घटनामा परी ज्यान गएको हो।

तामाङ साउदी पुगेको छोटो समयमै यति दुःखद खबर आएकाले परिवार, छिमेकी र आफन्त सबै स्तब्ध भएका छन्। तामाङको परिवारले शव नेपाल ल्याउन प्रयास गरिरहे पनि कम्पनीको गैरजिम्मेवारीपनका कारण समस्या उत्पन्न भएको मृतकका भाइ तिर्थ तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार, “कम्पनीले कुनै सहयोग नगरेपछि हामी आफैंले सबै प्रक्रिया अघि बढाइरहेका छौं, तर आर्थिक अवस्था निकै कमजोर छ।”

सन्तोष तामाङको परिवार केही महिनाअघि मात्र आमाको मृत्युको पीडाबाट गुज्रिएको थियो। “हामीले आमाको उपचारमा ५० लाखभन्दा बढी ऋण गरेौं, घर जग्गा बेच्यौं, गहना राख्यौं,” तिर्थले पीडाभित्र लुकेको दुःख सुनाउँदै भन्नुभयो, “त्यो घाउ अझै निको भएको थिएन, अहिले दाईको अप्रत्याशित निधनले हामी पूरै भत्कियौं।”

मृतक सन्तोष तामाङका तीन जना साना छोरीहरू छन्, जसले अहिले पनि बाबाको माया खोजिरहेका छन्। “छोरीहरूले बारम्बार सोध्छन् – बाबु कहिले आउनुहुन्छ? के जवाफ दिउँ?” भन्दै तिर्थले आँखा रसाउँदै अपिल गर्नुभयो, “हामीलाई यो पीडामा थोरै भए पनि मलम लगाइदिनुहोस्।”

तामाङ परिवार अहिले गहिरो शोक र ऋणको भारीमा थिचिएको अवस्थामा छ। शव नेपाल ल्याउने खर्च, कानुनी प्रक्रिया र अन्त्येष्टिको तयारी गर्न ठूलो आर्थिक सहयोग आवश्यक परेको छ।

सामाजिक भावना, दया र मानवता देखाउँदै जसले जहाँबाट सकिन्छ, पीडित परिवारलाई सहयोग गर्न तामाङ परिवारले अपिल गरेका छन्।
तलको क्युआर कोड स्क्यान गरेर वा परिवारले दिएको खाता विवरणमा रकम पठाएर मृतक सन्तोष तामाङको शव नेपाल ल्याउने प्रयासमा तपाईंको साथ दिन सक्नुहुन्छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...