सातवटा मुद्धाको भारी बोकेर बिदा भए– लिलाराज

Written by meropradesh creator

१४ आश्विन २०७९, शुक्रबार

रामेछाप । मन्थली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम काज गर्न रामेछाप आएका लिलाराज पौडेलले दुई वर्षको अवधिमा सातवटा मुद्धाको भारी बोकेर मन्थली नगरपालिकाबाट शुक्रवार बिदा भएका छन् ।

मन्थली नगरपालिकामा हाजिर भएदेखी नै आर्थिक अनियमितता गर्न खप्पिस भएका पौडेलले करोडौं रुपैयाँ रकम भष्टाचार गरेको भन्दै उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ र सम्पति सुद्धिकरण आयोगमा एक गरि सातवटा मुद्धा दर्ता भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले अधिकृत पौडेलको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको हो । मन्त्रायले हाल उनलाई खेलकुद मन्त्रालयमा फाजिलमा रही कामकाज गर्ने गरि जिम्मेवारी दिएको छ । पौडेलले लेखा अधिकृत, योजना शाखा र प्राविधिक शाखासँगको साठगाठमा नगरभित्रका निमार्णाधिन सडक, खानेपानी, मन्दीर, स्वास्थ्य तथा शिक्षा लगाएतका क्षेत्रमा करोडौ रुपैयाँ रकम भष्टाचार गरेको आरोप उनीमाथी रहेको छ ।

त्यस्तै पौडेलले लाखौं रुपैयाँ कर्मचारीसँग घुस लिएर छैटौ तहका अधिकृतलाई कानुन विपरित सातौं तहमा स्तर बृद्धि (बढुवा) गरेको बिषयमा पनि मुद्धा दर्ता भएको छ । पौडेल बिरुद्धका पाँचवटा मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाण्डौंमा र एउटा मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा दर्ता भएको छ । पौडेलले विभिन्न योजनावाट करोडौं रुपैयाँ नियम विपरित अकुत सम्पत्ती कमाएको भन्दै उनी विरुद्ध सम्पति सुद्धिकरण विभागमा पनि एउटा मुद्धा दर्ता भएको छ । दर्ता भएका सबै मुद्धाको हाल अनुसन्धान कै क्रममा रहेका छन् ।

त्यसैगरी अधिकृत पौडेलले विकास निमार्णमा उपभोक्ता समिति र निमार्ण व्यवसायी मार्फत लाखौं रुपैयाँ कमिशन लिएको, कार्यालयको गाडी मर्मत र इन्धनमा नक्कली फर्जी बिल बनाई लाखौं रकम भ्रष्टाचार गरेको, कार्यालयमा आवश्यक नै नभएको फर्निचर र स्टेशनरी सामाग्री बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेको बिल राखी भुक्तानी गरेर व्यवसायीसँग रकम असुल्ने गरेको आरोप पनि उनीमाथि रहेको छ ।

त्यस्तै अधिकृत पौडेलले नगरसभावाट पारित नै नगराई योजनाहरु उपभोक्ता समिति र निमार्ण व्यवसायीलाई दिएर लाखौं रकम कमिशन लिने गरेको, अतिथि सत्कारको नाममा लाखौं रकम नियम विपरित कार्यालयवाट लिई भ्रष्टाचार गरेको आरोप छ । यसैगरी आ.व.०७७÷०७८ मा वडा स्तरमा दिने योजनाहरु वडाले उपभोक्ता समिति गठन नै नगरी वडाको सिफारिस बिना आफ्नो खुशिले रकम वितरण गर्दै किर्ते कागजात निमार्ण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि उनी माथि लागेको छ ।

त्यस्तै मन्थली अस्पतालमा आवश्यक उपकरण र औषधी खरिद गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै ननिकाली कोटेशनमा खरिद गरी लाखौं रुपैयाँ भ्रष्टाचार गरेको, आ.व.०७८÷७९ मा पालिका भित्र रहेका विभिन्न फाँटहरुको रकम रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गराएका छन् ।

यस्तै प्रशासकिय अधिकृत पौडेलले मन्थली माध्यमिक विद्यालयसँग साठगाठ गरी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको, विद्यालयको भवन निमार्ण गर्दा टेण्डर प्रक्रिया नै नगरी उपभोक्ता समिति मार्फत काम गराएर लाखौं रुपैयाँ असुल्ने गरेको, आफ्नै कर्मचारीलाई वर्षैपिच्छे कृषि अनुदान रकम दिएर अनियमितता गरी राज्यको ढुकुटीलाई दुरुपयोग गर्दै गैरकानुनी रुपमा अकुत सम्पति कमाएको उजुरीकर्ताको दावी छ ।

अधिकृत पौडेलले आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्राचार समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरले गरेका योजनाहरुको सक्कल कागजात झिकाएर अध्ययन गर्ने काम भइरहेको प्रशासन स्रोतले जानकारी दियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...