रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरू अनुपस्थित भएका छन् । नगरपालिका एकलौटी ढङ्गबाट चलेको भन्दै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा नगरको सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार गरेका छन् । शुक्रवार नगरको आर्थिक वर्ष २०७९÷०८० को असार २८ सम्मको प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको सार्वजनिक सुनुवाइमा बहुमत वडा अध्यक्षहरूले अनुपस्थित जनाउँदै अघोषित बहिस्कार गरेका हुन् ।
नगरको सभा हलमा शुक्रवार बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाइ हुने भनी स्थानीय रेडियो सहित नगरको फेसबुक पेज, लगायतका विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक सूचना सार्वजनिक गरेको थियो । तर वडा अध्यक्ष हरू उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नभए सँगै अन्य नागरिक समेत सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएनन् ।
यसै पनि वडा अध्यक्षहरूलाई नगरको सार्वजनिक सुनुवाइ हुने बारे जानकारी नहुने कुरै भएन । तर, वडा नं १३ का वडा वडा अध्यक्ष नवराज थापा मगर बाहेक ९ जना वडा अध्यक्षहरू बैठकमै अनुपस्थित हुँदै सार्वजनिक सुनुवाइ अघोषित रूपमा बहिस्कार गरेका हुन् ।
नगर भित्रका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि (कर्मचारीको) मात्रै उपस्थिति देखिएको सो सार्वजनिक सुनुवाइमा वडा नं ३, ८,९ र १४ वडा अध्यक्ष बाहेक १० वटा वडाका अध्यक्षहरू अनुपस्थित भए । नागरिक एवं सरोकारवालाहरूले सम्बन्धित निकायसँग हाकाहाकी जवाफ माग्ने थलो भनिएको सार्वजनिक सुनुवाइमा वडा अध्यक्षहरू अनुपस्थित भएको देखेपछि स्थानीय एवं नागरिक समाजका प्रतिनिधिहरूले वडा अध्यक्षहरू खोइ ? भन्दै प्रश्न गरेका थिए ।
वडा नं १ की वडा सविता न्यौपानेले मेरो वडाका अध्यक्षलाई प्रश्न सोध्नु थियो । तर, देखिन वडा अध्यक्ष खोइ भन्दै प्रश्न गरिन् । उनले सार्वजनिक सुनुवाइको बारेमा कुनै आधिकारी जानकारी थिएन, यसै सुनेर मात्रै आएकी हु ? किन खबर गरिँदैन भनिन् ।
त्यस्तै नागरिक समाजका अगुवा एवं गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले बहुमत वडा अध्यक्षहरूकै अनुपस्थिति देखिनु सार्वजनिक सुनुवाइ विषयमा चिन्ताको विषय भएको बताए ।
त्यस्तै मन्थलीका वीरेन्द्र श्रेष्ठले बहुमत वडा अध्यक्षहरू किन सार्वजनिक सुनुवाइ देखिएनन् भन्दै प्रश्न गरे । उनले यो सार्वजनिक सुनुवाइ ‘कर्मकाण्डी’ तरिकाले किन गरेको भने । उनले यसरी गरिएको सार्वजनिक सुनुवाइको औचित्य नभएको भन्दै नगरले गरेका कामहरूमा राजनीति गन्ध मिसिएको हो कि के हो विकासमा पनि त्यो खालको अनुभूति भएको छ, त्यस्तो नहोस् भने ।
नगरपालिकाले एक आर्थिक वर्षमा गरेका उपलब्धि एवं कामहरू बारे ४ पृष्ठ लामो प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिएको सो सार्वजनिक सुनुवाइमा वडा नं १, २, ४, ५, ६, ७, १०, ११, १२ र १३ का वडा अध्यक्षहरू उपस्थित थिएनन् । नगरमा २, ३, ८, ९, १३, १४ गरी ६ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरूले जितेका छन् । भने, १, ४, ६, ७, १२ नेपाली काँग्रेसका वडा अध्यक्षहरूले जितेका छन् । वडा नं ५ नेकपा एकीकृत समाजवादी र ११ नेकपा माओवादी केन्द्रका वडा अध्यक्षहरूले जितेका हुन् ।
१३ नं का वडा अध्यक्ष नवराज थापा मगरले भने आफूलाई स्वास्थ्यमा समस्या भएको कारण सार्वजनिक सुनुवाइमा उपस्थित हुन नसक्ने जानकारी गराएको तर, अन्य अध्यक्षहरू उपस्थित नहुनुको कारण आफूलाई जानकारी नभएको नगरप्रमुख श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले ‘यसमा कुनै राजनीति विषय वस्तु केही पनि छैन । किन आउनु भएन त्यो उहाँहरूलाई थाहा होला तर, मलाई केही पनि जानकारी छैन । उहाँहरूलाई पनि सोध्न सक्नु हुन्छ, नगरको केही आन्तरिक विषय छैन नगर प्रमुख श्रेष्ठले भने ।’
नगर प्रमुख श्रेष्ठले वडा अध्यक्षहरूको अनुपस्थिति हुनु स्वयं अध्यक्षहरूको विषय भएको बताए ।
यस विषयमा वडा अध्यक्षहरू सँग कुरा गर्दा आफूहरू वडाको काममा व्यस्त रहेको बताए ।‘वडाकै कामले आज अन्तिम दिन व्यस्त भएको कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको वडा अध्यक्षहरूले बताए पनि अधिकांश वडा अध्यक्षहरू भने एकै स्थानमा बसेर नगरको सार्वजनिक सुनुवाइको विषयमा बुझिरहेका थिए । हामीले एक वडा अध्यक्ष सँग कुरा गर्दा अधिकांश वडा अध्यक्ष एकै टेलिफोन मार्फत आफूहरू वडाको कामले व्यस्त भएर कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गैर जिम्मेवार जवाफ दिएका थिए । अधिकांश वडा अध्यक्षहरू पालै पालो कुरा गर्दै हाम्रो वडाको कार्यक्रम हैन हामी किन जान पर्यो भन्दै गैर जिम्मेवार जवाफ दिए ।