साना लगानीका सञ्चार माध्यमलाई उद्योगकोरुपमा समेट्न पत्रकार महासंघको माग

Written by meropradesh creator

२२ बैशाख २०७८, बुधबार

रामेछाप । साना र स्वरोजगार मूलक लगानीका संचार माध्यमलाई उद्योगका रुपमा समेट्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ । प्रदेशभित्र संचालित साना र स्वरोजगारमूलक लगानीका संचार माध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाएको छ ।
महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल समक्ष प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र सयौं संचारमाध्यम जो साना लगानीमा स्वरोजगारमूलक रुपमा संचालन भइरहेका छन्, त्यस्ता संचारमाध्यम दीर्घकाल संचालनका लागि प्रदेशले उद्योगमा समेट्नुपर्ने माग राखेका छन् ।
महासंघकाले मन्त्रीद्वय समक्ष प्रदेशका अधिकांश संचारकर्मी साना लगानीका संचार माध्यममा निहित हुनुपर्ने अवस्था कायम रहेकोले उद्योगका रुपमा समेटेर प्रदेश सरकारले विभिन्न किसिमबाट तत्काल सहयोग उपलब्ध गराउनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं साना लगानीका मिडियामा करोडौं लगानी भएपनि दीर्घकाल संचालन गर्न सक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायीमा पर्दै आएको मन्त्रीद्वय समक्ष जानकारी गराए ।
साना लगानीका संचारमाध्यमलाई उद्योगका रुपमा समेट्ने मात्र नभइ आवश्यक सामाग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ । महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा संचारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनबृत्ति, तालिम, पत्रकारको क्षमताका विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्ताव पत्र पेश गरेको छ ।
प्रस्ताव पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले संचारमाध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताए । उनले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफु तयार रहेको धारणा राखे । उनले संचारमाध्मयलाई उद्योगका रुपमा विकास गर्नसके संचारकर्मीको दीर्घकालीन विकासमा टेवा पुग्ने हुनाले त्यसतर्फ सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्दै यसबारे नीतिगत निर्णय गर्न आफु तयार रहेको बताए ।
यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ । महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्ताव पत्र पेश गर्दै मन्त्रालयले तत्काल पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।
महासंघले स्नातक र स्नात्तकोत्तर अध्ययन गर्न चाहने पत्रकारका लागि अगामी आर्थिक वर्षबाट छात्रबृत्ति व्यवस्था गर्नसमेत माग गरेको छ । मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नो तर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्रालयहरुमा पुगेको महासंघको डेलिगेशनमा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्णसारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...