सामुदायिक विद्यालय सुधारमा सरोकारवालाको जिम्मेवारी

Written by meropradesh creator

१६ पुष २०७७, बिहीबार

समग्र देशविकासको मेरुदण्डका रूपमा रहेको शैक्षिक क्षेत्र र यस क्षेत्रको उन्नयनका लागि सरकारी स्तरबाट सञ्चालित वा पूर्णतः सरकारी स्वामित्वमा रहेका विद्यालयहरू सामुदायिक विद्यालय । एक गाँस खाएर, एक सरो लगाई जीवननिर्वाह गर्ने तमाम मजदुरका बालबच्चादेखि लिएर आवश्यकता अनुकूल उपल्लो वर्गका बालबच्चाहरूको समेत सहज पहूँचभित्र रहेका विद्यालय सामुदायिक विद्यालय ।
सरसरती हेर्दा सरकारी स्तरबाट सबै प्रकारका सेवासुविधा प्राप्त विद्यालयका रूपमा हामीले सामुदायिक विद्यालयलाई लिन सक्छौं । सबै प्रकारका अवसर तथा सेवासुविधाहरू सरकारले प्रदान गरेर विद्यार्थी अर्थात् सिकारूहरूलाई ज्ञान आदानप्रदान गर्ने एउटा महत्वपूर्ण थलोका रूपमा आज समग्र सामुदायिक विद्यालयहरू रहेका छन् ।
दूर दराजका विकट ग्रामीण क्षेत्रदेखि सबै प्रकारका सेवा सुविधाहरूले सम्पन्न सहरका बिचबिचमा समेत सामुदायिक विद्यालयहरू स्थापित छन् र यिनीहरूले निरन्तररूपमा ज्ञान प्रवाह गरिरहेका छन् । तसर्थ आज सामुदायिक विद्यालयका कक्षाकोठाहरू सबै वर्ग, लिङ्ग, जातजाति, भाषा, सम्प्रदाय, भूगोल आदिका लागि उत्तिकै रूपमा पहूँचयोग्य रहेको तथ्यलाई नकार्न सकिन्न ।
सबैको पहूँचभित्र सहज रूपमा रहेका सामुदायिक विद्यालयहरू अपेक्षाकृत शैक्षिक उन्नयनका लागि भने कतिपय अवस्थामा कमजोर सावित भएका यथेष्ट प्रमाणहरू विभिन्न समाचारका माध्यमहरू तथा सामाजिक सञ्जालहरूमा प्रशारित भएका खबरहरू सुन्दै, पढ्दै आइरहेका छौं । यसका पछाडि हाम्रा सामाजिक, आर्थिक, राजनैतिक, भौगोलिक आदि विविध कारणहरू हुन सक्लान् तथापि मुख्यतयाः भने कर्तव्य निर्वाह गर्नेले पूर्णतः त्यसबाट पन्छिन खोज्दा यस्ता समस्याहरू विकराल बन्दै गइरहेका छन् । सामुदायिक विद्यालयहरूमा भएको राजनैतिक हस्तक्षेप तथा राम्रालाई भन्दा पनि बढी हाम्रालाई प्राथमिकता दिन खोज्नु र कार्यको सही विश्लेषण गरी उचित पृष्ठपोषण दिन नसक्नुले क्रमशः सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गइरहेको छ ।
सङ्घीय सरकारको शैक्षिक नीति, स्थानीय सरकारको दूरदर्शिता एवम् शैक्षिक क्षेत्रप्रतिको चासो तथा लगानी, विद्यालयको व्यवस्थापकीय पक्ष, कुशल शैक्षिक नेतृत्व, शिक्षक कर्मचारी अभिभावक तथा विद्यार्थी र विद्यालय पेरिफेरिभित्र रहेको समाजको संस्कार संस्कृति तथा प्रवृत्तिले सो क्षेत्रको शैक्षिक गुणस्तरको लगि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि कोही कसैको एकल प्रयासले मात्र सम्भव छैन, सबै तर्पmबाट एकीकृत रूपमा होस्टेमा हैँसे गर्दै निरन्तर रूपमा लागी परिरहनु पर्दछ । यसले नै सामुदायिक विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा दिन सक्दछ । सामुदायिक विद्यालयका शैक्षिक, भौतिक, प्रशासनिक लगायतका सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला पक्षहरूको बारेमा चर्चा गरौं ।
क) विद्यार्थी ः विद्यालयीय समग्र पक्षको जस अपजसको केन्द्रविन्दु विद्यार्थी नै हो । विद्यार्थी सफल भए विद्यालय पनि सफल बन्छ तथा विद्यार्थी असफल भए विद्यालय पनि असफल नै बन्न जान्छ । तसर्थ विद्यार्थीको सफलता विनाको सामुदायिक विद्यालय सुधारको परिकल्पना पनि गर्न सकिन्न । विद्यालय परिषरभित्र जेजस्तो शैक्षिक गतिविधि र क्रियाकलाप सञ्चालन गरे तापनि अन्ततः विद्यार्थीको उपस्थिति तथा सक्रियतालाई निर्विकल्प नमाने त्यसको कुनै औचित्यता नै रहदैँन । त्यसकारण सामुदायिक विद्यालय सुधारमा विद्यार्थीको भूमिकालाई पूर्णतःमहत्व दिनु अति आवश्यक देखिन्छ ।
हिजोका दिनहरूभन्दा आजको अवस्था फरक छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग एवम् विस्तार तथा मनोरञ्जनको दुनियाँमा थपिएका नवीन आयामहरूले विद्यार्थी प्रायःःत्यसैमा भुलिरहेको तीतो यथार्थ हामीसामु जगजाहेर नै छ । अध्ययन तथा सिर्जनशीलता भन्दा पनि मोबाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजन, इन्टरनेट आदिको दुरूपयोगमा नै विद्यालयीय उमेरका बालबालिकाहरूले समय व्यतित गरिरहेका छन् । जसले गर्दा कलिलै उमेरमा विभिन्न किसिमका आपराधिक गतिविधि र क्रियाकलापमा समेत कतिपय बालबालिकाहरू लागिरहेका समाचारहरू आइरहेका छन् ।
केही बालबालिकालाई छोडेर हेर्ने हो भने प्रायः अधिकांश विद्यार्थीमा जेजस्ता गुणहरू हुनुपथ्र्यो त्यो पाइँदैन । पढाइ प्रतिको लगावमा निरन्तर गिरावट आउनु, अनुशासनहीन बन्दै जानु, विभिन्न नकारात्मक गतिविधि र क्रियाकलापमा सक्रिय बन्दै जानु, शिक्षक तथा अभिभावकप्रति विशेषतः पढाइसँग जोडेर गलत दृष्टिकोण राख्नु, तथा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति उत्तरदायी नबन्नुजस्ता चरित्रले आजका सिकारूमा घर गर्दा सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समस्या उत्पन्न भइरहेको छ ।
विद्यार्थीले मात्रै आफ्नो कर्तव्य नभुली निरन्तर लागी परिरहने हो भने पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा अपेक्षाकृत सुधार हुनेमा दुई मत छैन । शिक्षक र प्रधानाध्यापक लगायत अन्य सरोकारवालाको प्रयास मात्रै शैक्षिक गुणस्तर सुधारमा काफी छैन । तर विद्यार्थीमा उत्सुकता र कौतुहलता जागृत भएमा, अनुशासनको दायरामा आफूलाई राख्न सकेमा, नैतिक मूल्य र मान्यताअनुरुप आफूलाई रूपान्तरण गर्न सकेमा अवस्य पनि शिक्षण क्षेत्रमा हरेक कुरा सम्भव हुन जान्छ । त्यस्तै सिकारूमा अध्ययन मेरा लागि हो र मेरो सुन्दर भविष्य अध्ययनमा नै छ भनी अन्तर आत्मादेखि दृढ इच्छाशक्ति जागृत भएमा शैक्षिक सुधारले स्वतः पूर्णता प्राप्त गर्दछ । तसर्थ सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सिकारू अर्थात् विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको तथ्यलाई नकार्न सकिन्न ।
ख) शिक्षक ः सामुदायिक विद्यालयको शैक्षिक सुधारमा गहन जिम्मेवारी वहन गर्ने प्रमुख व्यक्ति भनेकै शिक्षक हो । शिक्षकले आफ्नो कर्तव्य पूर्णतः परिपालना गरिदिने मात्रै हो भने पनि विद्यालयको गुणस्तर सुधारमा धेरै हदसम्म टेवा पुग्दछ । तर आजको अवस्था कस्तो छ भने सरकारी सेवा सुविधा प्राप्त गरेका अधिकांश शिक्षकहरूमा आफ्नो कर्तव्य भनेको केवल जागिर खाने मात्रै हो, शिक्षण सिकाइ क्रियाकलाप भनेको गौण विषय हो भन्ने गलत मानसिकताको हावी भएको प्रतीत हुन्छ । कर्तव्य र दायित्वभन्दा पनि बढी अधिकारका बारेमा मात्रै वकालत गरिरहँदा सिकाइ क्रियाकलापप्रति उदासीन हुनु स्वभाविकै हो ।
त्यस्तै एक प्रकारले झारो टार्ने मेलो मात्रै गरिरहने प्रवृत्तिको विकास गरिरहनु, आफूले आफैँलाई तल्लो दर्जाको नागरिकका रूपमा व्याख्या गरिरहनु, निजामति क्षेत्रका कर्मचारीसँग तुलना गरेर सो बराबरको सेवा सुविधाप्रति मात्रै ध्यान दिनु, म गाउँका केटाकेटीलाई पढाउने मास्टर त हुँ नि भनेर हीनताभावले ग्रसित भइरहनु आदि शिक्षकका स्थायी कमजोरी हुन् । अझ त्यसमा पनि कुनै एउटा राजनीतिक दलको सदस्यता लिएर त्यसैको झन्डा बोकी राजनीतिक आडभरोस र पहूँचका भरमा आफ्नो व्यक्तिगत प्रभुत्व जमाउने तर शिक्षण गतिविधिमा अलिकति पनि चासो नदिने प्रवृत्तिले शैक्षिक गुणस्तर अभिवृद्धिमा झन् ठूलो तगारो हालिदिएको सर्वविदितै छ । त्यस्तै संस्थाको सुधारका लागि आफू पनि लागी नपर्ने र काम गरौँ भन्ने भावना भएका साथीहरूको पनि मनोबल गिराइदिने चारित्रिक स्वभावले पनि समस्या उत्पन्न गरिरहेको अवस्था छ ।
आजको यस्तो विषम परिस्थितिका बाबजुद पनि कतिपय शिक्षकहरू आफ्नो शिक्षण पेसालाई सर्वश्रेष्ठ ठानी निरन्तर यसैमा लागी परिरहेका दृष्टान्तहरू पनि छन् । जुन विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य भुलेका छैनन्, आफ्नो दायित्वलाई बिर्सिएका छैनन् साँच्चै नै ती सामुदायिक विद्यालयहरू रहरलाग्दा बनेका उदाहरणहरू पनि प्रशस्तै छन् । तसर्थ शिक्षकले मुख्यतया राजनीतिबाट टाढै रहेर बालबालिकाको सुन्दर भविष्यमा नै आफ्नो सारा समय समर्पण गर्ने हो भने, शिक्षक हुनुमा आफूले आफैँलाई गर्व गर्ने हो भने तथा आफ्नो कर्तव्य र दायित्वलाई पूर्णतः परिपालना गर्ने हो भने नेपालका प्रत्येक सामुदायिक विद्यालयहरू नमुना विद्यालय बन्नलाई कति पनि समय लाग्दैन ।
त्यस्तै शिक्षकमा आफूले अध्यापन गराउने विषयवस्तुको पूर्ण ज्ञान त हुनु नै पर्दछ त्यसको अलवा समयसान्दर्भिक आफूलाई अद्यावधिक गर्न पनि सक्नु पर्दछ । आजको यो विज्ञान प्रविधिको युगमा यससँग साक्षात्कार हुनु झन् महत्वपूर्ण छ । त्यस्तै विषयवस्तु प्रस्तुत गर्ने शैलीमा पनि समयसान्दर्भिक परिवर्तन ल्याउन सक्नु पर्दछ जसको लागि समय समयमा विभिन्न तालिम तथा परामर्शमा सहभागिता जनाई आफूलाई अद्यावधिक गरिरहनु पर्दछ । यति मात्रै गर्न सकियो भने पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कोसेढुङ्गा सावित हुनेमा दुई मत नहोला ।
ग) प्रधानाध्यापक ः कुशल प्रशासकले नै सफल तरिकाले संस्था सञ्चालन गर्न सक्दछ । प्रशासकमा मुख्यतया दूरदृष्टिपना र विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमता हुनुपर्दछ । विशेष गरी संस्थाको हितका लागि जस्तोसुकै परिस्थितिसँग पनि मुकाबिला गर्न सक्ने साहस, आँट र धैर्यता प्रधानाध्यापकमा हुनुपर्दछ र मात्रै विद्यालयको मुहार फेरिन्छ । विद्यालयलाई सही बाटोतर्फ डो¥याउनका लागि प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
प्रधानाध्यापकले चाहेमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न तथा यसको सर्वाङ्गीण पक्षमा सुधार ल्याउन लामो समय नलाग्नेमा पूर्ण विश्वस्त हुन सकिन्छ । जसमा प्रधानाध्यापकको कौशलता, शिक्षक विद्यार्थी कर्मचारीलगायत सबैको मनोवैज्ञानिक अवस्था बुझ्न सक्ने क्षमता हुनु नितान्त आवश्यक छ । त्यसरी नै शैक्षिक क्षेत्रमा चासो राख्ने सम्पूर्ण सरोकारवालाहरूसँगको सहज पहूँच हुनु पनि त्यतिकै आवश्यक पर्दछ ।
बद्लिँदो समय र परिस्थितिसँगै प्रविधिसँग अद्यावधिक हुन सक्ने, शिक्षक कर्मचारी एवम् विद्यार्थीका चासोहरूलाई बुझ्न सक्ने, विद्यालय सुधारका लागि अहोरात्र खट्न सक्ने प्रवृत्ति एउटा प्रधानाध्यापकमा हुनुपर्दछ । विशेषतः कुनै पनि राजनीतिक दलको सङ्गठनमा आबद्ध भएर एउटा प्रधानाध्यापकले जब विद्यालयलाई राजनीतिकरणतर्फ उन्मुख गराउन थाल्दछ अनि विद्यालय अधोगतितर्फ धकेलिन थाल्दछ । तसर्थ विद्यालय परिषरभित्र राजनीतिको कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नदिने तथा विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने हो भने विद्यालय सुधारले अवश्य पनि फड्को मार्दछ ।
कुन शिक्षकले केकस्तो सिकाइ गतिविधि गरिरहेको छ, अन्य समयमा विद्यालय सुधारका लागि केकस्तो कार्य गरिरहेको छ आदि विविध पक्षको बारेमा प्रत्यक्ष वा परोक्ष रूपमा निगरानी राख्ने र असल कार्यका लागि शिक्षकलाई पुरस्कृत गर्ने तथा सुधार गर्नुपर्ने कार्यका लागि आवश्यकीय रायसल्लाह र सुझाव दिन सक्ने निपूणता प्रधानाध्यापकमा हुनु नितान्त आवश्यक छ । आफ्ना शिक्षक कर्मचारीलाई थर्काउने, धम्क्याउने तथा राजनीतिक रूपमा विवेधपूर्ण व्यवहार गरिदिने हो भने त्यसले समग्र विद्यालयमा दीर्घकालीन असर पर्न जाने हुन्छ । तसर्थ यस्ता कार्यप्रति पनि प्रधानाध्यापक सदैव सजग र सचेत हुनुपर्दछ ।
कतिपय विद्यालयहरूमा राजनीतिक शक्ति र पहूँचका भरमा शैक्षिक गुणस्तरमा अलिकति पनि टेवा दिन नसक्ने तथा कुनै प्रकारका दूरदृष्टि नभएका सामान्य व्यक्तिले प्रधानाध्यापकलाई आफ्नो सीमित घेराभित्र राखेर चलाइरहेका हुन्छन् । यस्तो बेला प्रधानाध्यापकले यस्ता व्यक्तिहरूको व्यक्तिगत स्वार्थका लागि काम गरिरहनुपर्ने अवस्था आएको हुन्छ । विभिन्न गुटउपगुट सिर्जना गरेर यस्ता व्यक्तिहरू सँधै शक्तिमा रहिरहन चाहने हुन्छन् । यसप्रति सजग र सचेत बन्दै यस्ता प्रवृत्तिहरूलाई चिर्न सक्ने कौशलता एउटा सफल प्रधानाध्यापकमा हुन सक्नुपर्दछ ।
आप्mना शिक्षक कर्मचारी सबैलाई समान व्यवहार गर्न सक्ने, आवश्यकताअनुसार सहयोग एवम् सहानुभूति व्यक्त गर्न सक्ने, समयसमयमा कक्षा अवलोकन गरी आवश्यकीय पृष्ठपोषण प्रदान गर्ने, विद्यालयका शैक्षिक भौतिक एवम् अन्य पक्षको विकासका लागि निरन्तर खटिइरहने शिक्षक कर्मचारीलाई उचित हौसला प्रदान गर्ने तथा उचित मूल्याङ्कन गर्ने प्रवृत्ति एउटा प्रधानाध्यापकमा हुनु नितान्त आवश्यक छ । समग्रमा भन्ने हो भने कुशल प्रशासकमा हुनुपर्ने सम्पूर्ण गुणले सुसज्जित प्रधानाध्यापक नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको नायक हुनेमा दुईमत छैन ।
घ) विद्यालय व्यवस्थापन समिति ः समग्र विद्यालयको अभिभावक हो विद्यालय व्यवस्थापन समिति । आप्mनो मातहतमा रहेको विद्यालय सुधारमा विद्यालय व्यवस्थापन समितिको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसले शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीमा थप हौसला, उत्साह र अभिप्रेरणा जागृत गराउन सक्नुपर्दछ । कुनै किसिमको राजनैतिक हस्तक्षेपकारी भूमिका निर्वाह नगरी समताभावका दृष्टिले शिक्षक तथा कर्मचारी र विद्यार्थीलाई हेर्न सक्ने क्षमता विद्यालय व्यवस्थापन समितिमा हुनु नितान्त जरूरी छ ।
शिक्षक तथा कर्मचारीमा देखिने विभिन्न तनाव र समस्यालाई सकेसम्म मनोवैज्ञानिक रूपले समाधान गर्न सक्ने आँट, साहस र धैर्यता विद्यालय व्यवस्थापन समितिमा हुनु आवश्यक देखिन्छ । आप्mनो विद्यालयको गुणस्तर अभिवृद्धिमा जस्तोसुकै कठिन अवस्थासँग पनि जुँध्न सक्ने र समाधानका विविध विकल्पहरू खोजी उचित निकास दिन सक्ने क्षमता विद्यालय व्यवस्थापन समितिमा हुनुपर्दछ ।
त्यस्तै आप्mनो पदीय जिम्मेवारीलाई पूर्णतः वहन गर्दै विद्यालय सुधारका लागि आवस्यक स्रोतहरूको खोजी, प्राप्ति र वितरणमा उचित व्यवस्था गर्न सक्ने विद्यालय व्यवस्थापन समिति भएमा सामुदायिक विद्यालयहरू नमुना बन्न जाने निश्चित हुन्छ । तर विद्यालय व्यवस्थापन समितिमा विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमतामा कमी आएमा, राजनीतिक चरित्र र प्रवृत्ति हावी भएमा, पदीय घमण्डसँगै आपूmलाई सुप्रिम ठानेमा, आपूm मालिक र शिक्षक तथा कर्मचारीलाई नोकरसरह मान्यता दिएमा, आर्थिक प्रलोभनमा परी विद्यालयको चलअचल सम्पत्तिमाथि दोहन गरेमा अवश्य पनि उक्त विद्यालय क्षतविक्षत भएरै छाड्छ ।
यसको विपरीत विद्यालय व्यवस्थापन समितिले विद्यालयको सुधारका लागि गर्ने हरेक गतिविधि पारदर्शीपूर्ण तवरले गरेको खण्डमा तथा जस्तो छ त्यस्तै देख्ने निश्चल र निष्कपट दृष्टि राख्न सक्ने प्रवृत्तिको विकास भएमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कायापलट हुन कति समय पनि लाग्दैन ।
ङ) अभिभावक ः बालबालिकाहरू विद्यालयीय वातावरणमा भन्दा पनि अधिकांश समय घरपरिवार अर्थात् अभिभावकसँग नै बिताइरहेका हुन्छन् । विशेष गरी अभिभावकले आप्mना बालबच्चाहरूले अध्ययन अध्यापन कार्यलाई कत्तिको गम्भीरताका साथ लिएका छन् वा छैनन् भनेर उत्सुकता लिने कार्यलाई मात्रै महत्व दिए पनि शैक्षिक सुधारमा एउटा नयाँ आयाम भने अवश्य नै थपिन्छ । यसका अलवा अभिभावकहरूले विद्यालयलाई सबैको साझा सम्पत्तिको रूपमा लिनु पनि त्यतिकै आवश्यक हुन्छ तथा आप्mनो स्तरबाट जेजति सकिन्छ सहयोग गरी सुन्दर मन्दिरका रूपमा विकास गर्नु पर्दछ ।
विद्यालयप्रति नकारात्मक टीकाटिप्पणी गर्नुभन्दा पनि रचनात्मक सहयोग गरी कसरी यसको गुणस्तर सुधार गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु नितान्त आवश्यक देखिन्छ । आप्mना बालबालिका र विद्यालयप्रति गैरजिम्मेवार नबनी यसको सुरक्षा तथा सम्भारमा जिम्मेवारीपूर्ण तवरले लागी पर्ने हो भने सामुदायिक विद्यालय अवश्य पनि गर्व गर्न लायक बन्नेछन् ।
च) स्थानीय सरकार ः विद्यालयीय तहसम्मका शैक्षिक गतिविधि र क्रियाकलाप सञ्चालन तथा रेखदेखको गहन जिम्मेवारी पाएको स्थानीय सरकारको भूमिकालाई विद्यालय सुधारमा निकै महत्वपूर्ण मानिन्छ । देशमा सङ्घीयता लागू भइसकेपछि शैक्षिक क्षेत्र सुधारको लागि आवश्कीय नीति, रणनीति निर्माण तथा कार्यान्वयनका लागि केन्द्र सरकारको आशामा बसिरहनुपर्ने अवस्था छैन । धेरै भन्दा धेरै अधिकारहरू स्थानीय सरकारलाई प्राप्त भएका छन् । तसर्थ आप्mनो भौगोलिक क्षेत्र, समुदाय, संस्कार, संस्कृति, रीतिरिवाज, धर्म, परम्परा, रहनसहन आदिलाई हेरेर सोही अनुसारका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी स्थानीय सरकारले विद्यालय सुधारमा महत्वपूर्ण टेवा पु¥याउनु पर्दछ ।
स्थानीय सरकारले आप्mनो क्षेत्रभित्रका विद्यालयका हरेक गतिविधि एवम् क्रियाकलापलाई सूक्ष्म रूपमा अनुगमन तथा मूल्याङ्कन गरी आवस्यकीय रूपमा राय, सल्लाह, सुझाव दिने तथा सहयोग पु¥याउनु पर्दछ । त्यस्तै गलत पाटापक्षहरूलाई निरूत्साहित गर्ने तथा सही र उचित पक्षहरूको प्रोत्साहनमा दूरदृष्टि राख्ने कुशलता स्थानीय सरकारमा हुनु नितान्त आवस्यक छ ।
विद्यालयभित्र कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप हुनुहुँदैन । शिक्षक सरुवा तथा नियुक्ति लगायतका कार्यहरूमा हाम्रो भन्दा पनि राम्रो भन्ने संस्कारको विकास गराउनुपर्ने हुन्छ । यस्तो प्रवृत्तिको विकास होस् कि आप्mनो पालिकाभित्र असल, अनुभवी, दक्ष, सक्षम, विषयवस्तुमा निपुणता भएका तथा आप्mनो कर्तव्य र दायित्वलाई सर्वोपरि ठान्ने र कुनै राजनीतिक दलको ओत नलागेका शिक्षकहरू भित्र्याउने प्रतिस्पर्धा चलोस् अनि मात्र उक्त पालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा कुनै कमी नहुने पक्का छ ।
निष्कर्षमा, सामुदायिक विद्यालयको सुधारका लागि एकजनाको प्रयास मात्र सर्वोपरि हुँदैन । यसमा त सबै क्षेत्रबाट सबैले उचित रूपमा लागी परिरहनु पर्दछ । विद्यार्थीमा अनुशासन, शिक्षकमा पूर्ण कर्तव्य पालना, प्रधानाध्यापकमा दूरदृष्टिपना एवम् कुशल प्रशासनिक दक्षता, अभिभावकमा जिम्मेवारीपना, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा समुदायमा अपनत्वपना भएमा सामुदायिक विद्यालय अवस्य पनि सफल बन्नेछन् । यसका साथसाथै जुनसुकै राजनैतिक हस्तक्षेपबाट मुक्त हुनुपर्दछ सामुदायिक विद्यालयहरू ।
जुन दिन सबै सामुदायिक विद्यालयहरू नमुना बन्नेछन् र त्यसको प्रतिफल राष्ट्रले पाउन थाल्नेछ त्यो दिनदेखि देश एउटा निश्चित पद्दतिमा चल्नेछ र गरिबी, अन्याय, अत्याचार, कुसंस्कार बेरोजगारीजस्ता खराब पक्षहरू क्रमशः हराउँदै जानेछन् अनि देश क्रमशः समृद्धितर्फ अगाडि बढ्न थाल्ने छ ।
।। समाप्त ।।

      शैक्षिक लेख —  डिबी भुजेल

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...