सांस्कृतिक सङ्ग्रहालय मन्थलीमा बन्दै

२३ जेष्ठ २०८१, बुधबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बन्ने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय बनाउने तयारीमा आफूहरू जुटेको बताएको छ । केन्द्रले पत्रकार सम्मेलन गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सङ्ग्रहालय निर्माण हुने जानकारी दिएको छ ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको पत्रकार सम्मेलनमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँकी अध्यक्ष सीता सुनुवारले नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मन्थली नगरपालिका–२ आकासे स्थित सेफ हाउस मुनि सात रोपनी जमिनमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको जानकारी दिए । सांस्कृतिक सङ्ग्रहालय निर्माण भएपछि रामेछापमा पर्यटन विकास हुनुका साथै सांस्कृतिक अध्ययन स्थलको निर्माण हुने र सामाजिक चेतना र स्वास्थ्य स्तरमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने अध्यक्ष सुनुवारले बताएका छन् ।

 मन्थली नगरपालिकाको २०८० पौष १० गते बसेको २० औँ नगर कार्यपालिकाको बैठकले सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि आपतकालिन सेवा केन्द्र (सेफ हाउस )को पश्चिम तर्फको जग्गा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेकाले विभिन्न सङ्घ संस्था र दातृ निकायहरू लगायतका सङ्घसंस्थाको सहयोग तथा स्थानीय तह प्रदेश र सङ्घीय सरकारका साथै अन्य विभिन्न संस्थाहरूको सहयोग तथा सक्रियतामा सांस्कृतिक सङ्ग्रहालय भवन बनाउन लागिएको अध्यक्ष सुनुवारले जानकारी दिए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रले एक वर्षदेखि सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेकाले नगरपालिकाले जग्गाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको बताए । नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नु अत्यावश्यक रहेकाले यसको निर्माणका लागि मन्थली नगरपालिकाले सहयोग गर्ने बताएका छन् । सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको अभियान उपयोगी भएकाले मन्थली नगर कार्यपालिकाले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

भोलि बाट पशुपतिनाथमा बृहत् कोटीहोम

पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

गाउँमै गुणस्तरीय विज्ञान शिक्षा – मन्थली माविको उत्कृष्ट नतिजा

मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

कांग्रेस नेता खड्कालाई गुरुको सम्मान, चेलाहरूको फाउण्डेशन स्थापना

रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...