सांसद तामाङको आरोप- मन्त्री सिंहले रामेछापबारे संसदमा भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरे

रामेछाप । रामेछापका संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रामेछाप जिल्लामा न्यून तथा अन्यायपूर्ण बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।
मन्थलीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका तामाङले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसदमा प्रस्तुत गरेको बजेट विवरण तथ्यहीन र भ्रामक भएको दाबी गरेका छन् ।
सांसद तामाङका अनुसार, प्रतिनिधिसभाको असार ८ गतेको बैठकमा मन्त्री सिंहले जनसङ्ख्या र बजेटको अनुपात मिलाएर रकम विनियोजन गरिएको बताएका थिए । तर तामाङले गृह जिल्ला रामेछापमा पत्रकार सम्मेलन गरी उक्त तर्कमा सत्यता नरहेको बताएका छन् । उहाँले बजेट विवरणमा रामेछाप सँग सम्बन्ध नभएका योजना र अन्य जिल्लाका कार्यक्रमहरूलाई पनि समेटेर रकम बढाएर देखाइएको गुनासो समेत गरेका छन् ।
तामाङले भने, “मन्त्रीज्यूले ६६ वटा शीर्षकमा ८४ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको बताए पनि ती मध्ये थुप्रै योजना गोरखा क्याम्पस, थर्पु, बेलडाँडा, बेलटारी सडक जस्ता अन्य जिल्लाका रहेको बताएका छन् । त्यस्तै व्यवसायीलाई भुक्तानी दिनुपर्ने पूँजीगत दायित्व समेत समावेश गरेर प्रस्तुत गरिएको छ ।”
शहरी विकास मन्त्रालयको रातो किताब अनुसार रामेछापका लागि विनियोजन भएको वास्तविक बजेट ५७ वटा शीर्षकमा सीमित रहेको सांसद तामाङको दाबी छ । तीमध्ये २६ वटा पुराना योजनामा ५५ करोड ७८ लाख रुपैयाँ र नयाँ ३१ वटा योजनामा ९ करोड ५१ लाख ८० हजार रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
“यसरी हेर्दा कुल बजेट ६५ करोड २९ लाख मात्र हुन्छ, तर मन्त्रीज्यूले ८४ करोडको भ्रमपूर्ण विवरण संसदमा प्रस्तुत गर्नुभयो,” तामाङले भने, “यसबाट जनप्रतिनिधि र आम जनता गुमराहमा पर्ने खतरा छ ।”
सांसद तामाङले मन्त्री सिंहले उल्लेख गरेको जनसङ्ख्याको आधारमा ०.८ प्रतिशत जनसंख्या भएकालाई ०.७ प्रतिशत बजेट दिएको भन्ने तर्क पनि तथ्यहीन भएको बताए । उनले शहरी विकास मन्त्रालयबाट नयाँ योजनाको नाममा प्राप्त जम्मा ९ करोड ५१ लाख रुपैयाँले रामेछापको समुचित विकास असम्भव रहेको स्पष्ट पारे । सांसद तामाङले यही विषयमा पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गर्दै रामेछाप वासीलाई तथ्यगत अवस्था बुझाएका छन् । विज्ञप्तिमा उनले मन्त्रालयको विवरण भ्रामक भएको, संसदमा गलत सूचना प्रस्तुत गरेर जिल्ला प्रति विभेद गरिएको उल्लेख गरेका छन् ।
उनको आरोप छ — ‘विकास बजेटको नाममा गरिएको यस्तो पक्षपात पूर्ण वितरण स्वीकार्य छैन, यो रामेछाप माथिको अन्याय हो ।’
तामाङले यस्ता विभेदकारी नीति र भ्रम पूर्ण अभिव्यक्तिको सार्वजनिक रूपमा खण्डन गर्दै आफू सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिएका छन् ।

 उहाको विज्ञप्तीको पूर्ण पाठ र जिल्लामा आगामी आर्थिक वर्षका लागि शहरी विकास मन्त्रालय बाट गरिएको बजेट विनियोजन यस्तो छ ।


Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...