सामाजिक विकास मन्त्रालय द्वारा कार्यक्रमको वार्षिक समीक्षा 

Written by meropradesh creator

२२ असार २०८०, शुक्रबार

काठमाण्डौं । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आ.व ०७९÷०८० को समीक्षा गरेको छ । मन्त्रालयको लगानीमा आर्थिक वर्ष ०७९÷८० मा भएका कामको उपलब्धि र समस्या लगायतका विषयमा अनुदान प्राप्त सङ्घ संस्थाले आफ्ना भनाई राखेका थिए ।
साथै सङ्घ संस्थाका प्रतिनिधिहरूले आगामी योजनाका विषयमा समेत मन्त्रालयलाई सुझाव दिएको थियो । सहभागी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले राखेको प्रसन्नको  जवाफ दिँदै मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले सोचे अनुसार काम गर्न नसकेको बताए । समाजमा विभिन्न प्रकारका थुप्रै समस्या रहेको भए पनि मन्त्रालय सँग सीमित स्रोत साधन हुँदा आफूहरूले सोचे अनुसार काम गर्न नसकेको बताए । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र ठुलो भएको कारण सबे क्षेत्रलाई चाहेर पनि समेट्न नसकेको बताए ।
अन्तिम अवस्थामा आएर मात्र सङ्घ संस्थाले काम गर्दा कार्यान्वयनको पक्षमा भने समस्या आएको भन्दै आर्थिक वर्ष ०८०÷०८१ मा भने सबै सङ्घ संस्थालाई समयमा काम सम्पन्न गर्न सचिव पुडासैनीले आग्रह गरे । कार्यक्रमलाई सहजीकरण गर्न दोभासेको समेत सहायता लिएको थियो ।
कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले कार्यक्रममा सङ्घ संस्थाले अवश्यका कागजपत्र मिलाउन नसक्दा समस्या देखा परेको बताए । उहाँले मन्त्रालयको नीति र विधिमा रहेर काम गर्न पर्ने भए पनि त्यसो नहुँदा समस्या आएको भन्दै आवश्यक सल्लाह लिएर मात्र काम गर्न सङ्घ संस्थालाई आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...