सामाजिक विकास मन्त्रालय द्वारा कार्यक्रमको वार्षिक समीक्षा 

Written by meropradesh creator

२२ असार २०८०, शुक्रबार

काठमाण्डौं । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आ.व ०७९÷०८० को समीक्षा गरेको छ । मन्त्रालयको लगानीमा आर्थिक वर्ष ०७९÷८० मा भएका कामको उपलब्धि र समस्या लगायतका विषयमा अनुदान प्राप्त सङ्घ संस्थाले आफ्ना भनाई राखेका थिए ।
साथै सङ्घ संस्थाका प्रतिनिधिहरूले आगामी योजनाका विषयमा समेत मन्त्रालयलाई सुझाव दिएको थियो । सहभागी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले राखेको प्रसन्नको  जवाफ दिँदै मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले सोचे अनुसार काम गर्न नसकेको बताए । समाजमा विभिन्न प्रकारका थुप्रै समस्या रहेको भए पनि मन्त्रालय सँग सीमित स्रोत साधन हुँदा आफूहरूले सोचे अनुसार काम गर्न नसकेको बताए । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र ठुलो भएको कारण सबे क्षेत्रलाई चाहेर पनि समेट्न नसकेको बताए ।
अन्तिम अवस्थामा आएर मात्र सङ्घ संस्थाले काम गर्दा कार्यान्वयनको पक्षमा भने समस्या आएको भन्दै आर्थिक वर्ष ०८०÷०८१ मा भने सबै सङ्घ संस्थालाई समयमा काम सम्पन्न गर्न सचिव पुडासैनीले आग्रह गरे । कार्यक्रमलाई सहजीकरण गर्न दोभासेको समेत सहायता लिएको थियो ।
कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले कार्यक्रममा सङ्घ संस्थाले अवश्यका कागजपत्र मिलाउन नसक्दा समस्या देखा परेको बताए । उहाँले मन्त्रालयको नीति र विधिमा रहेर काम गर्न पर्ने भए पनि त्यसो नहुँदा समस्या आएको भन्दै आवश्यक सल्लाह लिएर मात्र काम गर्न सङ्घ संस्थालाई आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...