सामाजिक सुरक्षा भत्ताको नाममा जेष्ठ नागरिकलाई हैरानी

Written by meropradesh creator

६ चैत्र २०७७, शुक्रबार

रामेछाप । सरकारले सवै सामाजिक सुरक्षा भत्ता बैक मार्फत उपलब्ध गराउने निर्णय गरे संगै रामेछापमा रहेका स्थानिय तह हरुले पनी बैक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको छ ।
जेष्ठ नागरीकले भने बैक मार्फत बितरण गर्दा आफुहरुलाई धेरै दुखः भएको भन्दै सरकारले सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने ल्याएको नारा वेकम्मा भएको वताएका छन् । रामेछापमा रहेको बिभिन्न स्थानियतहहरुले वडा अनुशार बैकहरुलाई सामाजीक सुरक्षा भक्ता बितरण गर्ने जिम्मा दिएको छ तर बैकंमा खाता समेत खोल्न जेष्ठ नागरीकलाई कठिन भएको अवस्था छ ।
मन्थली नगरपालकाले सामाजिक सुरक्षा भत्ताका लागि जिल्ला सदरमुकाम मा रहेका सबै वंैकहरुलाई भागबण्डा गरेर वडा वाडिदिएपछि खाता खोल्न र भत्ता लिन आउन आफुहरूलाई हैरानी भएको जेष्ठ नागरीकहरुले बताएका छन ।
जेष्ठ नागरीकहरुका अनुसार यस अघि वडा सचिव र वडा अध्यक्षले घर घरमै लगेर दिने गरको सामाजिक सुरक्षा भत्ता लिन जिल्ला सदरमुकाम आएर बैकमा दिनभर लाईन बस्दा पनि पालो नआउने भएपछि उनीहरू दिक्क भएका हुन् ।
बैकले पनि कैले के,कैले के मिलेन भनेर फकाईदिने गरेको भन्दै मन्थली नगरपालिका वडा नम्बर १३ फुलासीका ७८ बर्षिय जीत वहादुर चौहानले भने पहुँच हुनेको पालो छिटो आउने नहुनेको दिनभर कुर्दा पनि पालो नआउने गरेको भन्दै दुखः ब्यक्त गरे । त्यस्तै गरी सोही वडाका ६७ वर्षिया देवकी गिरीले भने सरकारले हामीलाई सहयोग गछु भनेर किन यसरी मर्ने बेलामा गोता दिएको हो थाहा छैन ।
पैसा आउछ भने पछी लोभ लाग्दो रहेछ तर अब घर कसरी पुग्ने थाहा छैन, पहिले घरमै पैसा पुग्थ्यो कति आनन्द थियो अहिलेत ज्यादै हैरानी भो पैसाका लागि दिनभर लाइन वस्नुपर्ने ? भन्दै उनिहरुले यो नितिको बिरोध गरे । साथै वैंकमा आफुहरुलाई सुरक्षा गार्ड र बैकका कर्मचारीहरुले पनी राम्रो ब्यवहार नगरेको जेष्ठ नागरिकहरुले आरोप लगाएका छन् । सरकारले वडा अध्यक्ष र सचिबको जिम्मेवारीमा बितरण गर्दा सामाजीक सुरक्षा भक्ताको दुरुपयोग भयो भनेर गुनासो बढ्न लागेपछी बैंक मार्फत बाढ्ने निति सरकारले ल्याएको भएपनी पहाडी जिल्लाहरुमा धेरै समस्या भएको कर्मचारीहरुले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...