सैपुमा अन्तर माबि भलिबल प्रतियोगीता हुने

Written by meropradesh creator

१६ फाल्गुन २०७७, आईतवार

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालय फेदीको आयोजनामा यहीँ फागुन २४ गतेदेखी २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगीता हुने भएको छ ।
विद्यालय परिषरमा निमार्ण भएको चार कोठे भवनको उद्घाटन कार्यक्रमको अवसर पारेर भलिबल प्रतियोगीताको आयोजना गरिएको हो । विद्यालयले आयोजना गरेको उक्त भलिबल प्रतियोगीतामा २ लाख भन्दा बढीको पुरस्कार राशी रहेको छ । सो खेलमा रामेछाप जिल्लाको अलाबा छिमेकी जिल्ला ओखलढुङ्गका सामुदायिक विद्यालयलाई समेत समेट्ने गरि कार्यक्रम तय गरिएको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले जानकारी दिए ।
उनले भने– हामीले रामेछापका अधिकासं सामुदायिक विद्यालय र छिमेकी जिल्ला ओखलढुङ्गाका केही सामुदायिक विद्यालयहरुलाई समेत समेट्ने योजनामा छौं । विद्यालयले पहिलो पटक आयोजना गरेको भलिबल प्रतियोगीताको पुरस्कार राशि जिल्लामा सञ्चालित प्रतियोगीता मध्येकै सर्वाधिक राशिको रहेको प्रध्यानाध्यापक पौडेलले दाबी छ ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई १ लाख, द्धितिय टिमलाई ५० हजार र तृतीय हुने टिमलाई ३० हजार नगद सहित शिल्ड, मेडल, प्रमाण–पत्र र सात्वना हुने टीमलाई १५ हजार नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगीतामा ब्लकर, सेटर, स्पाइकर, डिफेन्डर। सर्वर, वेष्ट प्लेयरका उत्कृष्ठ खेलाडीलाई पनि ५÷५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने अरुणोदय माध्यमिक विद्यालयका खेल शिक्षक अनिष राउतले जानकारी दिए ।
उनले भने– प्रतियोगीतामा ९ जना खेलाडी, टिम कोच र खेल शिक्षक उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ । भलिबल प्रतियोगीतामा कक्षा १२ सम्मका विद्यार्थी मात्र सहभागी हुने प्रावधान राखिएको छ । प्रतियोगीतामा सहभागी हुने विद्यालयले टिम दर्ता शुल्क बापत रु. ५ हजार रुपैयाँ बुझाउनु पर्ने प्रावधान राखिएको छ ।


भलिबल खेल नेपालको राष्ट्रिय खेल भइसक्दा पनि यसको अझै प्रचारप्रसार र संरक्षण हुन नसकेको भन्दै खेलकूदको विकास गर्न राज्य स्तरवाट नसकीरहेको अवस्थामा एक सामुदायिक विद्यालयले खेलकुदको माध्यमवाट खेलाडी उत्पादन गर्न सक्ने हेतुले बिद्यालयले खेलकुद प्रतियोयीताको आयोजना गरिएको विद्यालय श्रोतले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...