सैपुमा अन्तर माबि भलिबल प्रतियोगीता हुने

Written by meropradesh creator

१६ फाल्गुन २०७७, आईतवार

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालय फेदीको आयोजनामा यहीँ फागुन २४ गतेदेखी २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगीता हुने भएको छ ।
विद्यालय परिषरमा निमार्ण भएको चार कोठे भवनको उद्घाटन कार्यक्रमको अवसर पारेर भलिबल प्रतियोगीताको आयोजना गरिएको हो । विद्यालयले आयोजना गरेको उक्त भलिबल प्रतियोगीतामा २ लाख भन्दा बढीको पुरस्कार राशी रहेको छ । सो खेलमा रामेछाप जिल्लाको अलाबा छिमेकी जिल्ला ओखलढुङ्गका सामुदायिक विद्यालयलाई समेत समेट्ने गरि कार्यक्रम तय गरिएको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले जानकारी दिए ।
उनले भने– हामीले रामेछापका अधिकासं सामुदायिक विद्यालय र छिमेकी जिल्ला ओखलढुङ्गाका केही सामुदायिक विद्यालयहरुलाई समेत समेट्ने योजनामा छौं । विद्यालयले पहिलो पटक आयोजना गरेको भलिबल प्रतियोगीताको पुरस्कार राशि जिल्लामा सञ्चालित प्रतियोगीता मध्येकै सर्वाधिक राशिको रहेको प्रध्यानाध्यापक पौडेलले दाबी छ ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई १ लाख, द्धितिय टिमलाई ५० हजार र तृतीय हुने टिमलाई ३० हजार नगद सहित शिल्ड, मेडल, प्रमाण–पत्र र सात्वना हुने टीमलाई १५ हजार नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगीतामा ब्लकर, सेटर, स्पाइकर, डिफेन्डर। सर्वर, वेष्ट प्लेयरका उत्कृष्ठ खेलाडीलाई पनि ५÷५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने अरुणोदय माध्यमिक विद्यालयका खेल शिक्षक अनिष राउतले जानकारी दिए ।
उनले भने– प्रतियोगीतामा ९ जना खेलाडी, टिम कोच र खेल शिक्षक उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ । भलिबल प्रतियोगीतामा कक्षा १२ सम्मका विद्यार्थी मात्र सहभागी हुने प्रावधान राखिएको छ । प्रतियोगीतामा सहभागी हुने विद्यालयले टिम दर्ता शुल्क बापत रु. ५ हजार रुपैयाँ बुझाउनु पर्ने प्रावधान राखिएको छ ।


भलिबल खेल नेपालको राष्ट्रिय खेल भइसक्दा पनि यसको अझै प्रचारप्रसार र संरक्षण हुन नसकेको भन्दै खेलकूदको विकास गर्न राज्य स्तरवाट नसकीरहेको अवस्थामा एक सामुदायिक विद्यालयले खेलकुदको माध्यमवाट खेलाडी उत्पादन गर्न सक्ने हेतुले बिद्यालयले खेलकुद प्रतियोयीताको आयोजना गरिएको विद्यालय श्रोतले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...