रुख घाँस चोरेर भाग्दै गरेका गिरी पक्राउ

Written by meropradesh creator

१३ पुष २०७७, सोमबार

रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ बाबियाखर्कबाट किसानको बारिकान्लाको रुख घाँस चोरेर भाग्दै गर्दा थानापति बाख्रापालन कृषक समुहका संचालक बिकासराज गिरीलाई स्थानियले नियन्त्रणमा लिएका छन् ।
स्थानियले गिरी सँगै डालेघाँस बोक्न प्रयोग गरिएको अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको बा. ५ ख २०५ नम्वरको ट्रकसमेत नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । थानापति बाख्रा पालन कृषक समुहद्धारा मन्थली नगरपालिका वडा नं–८ गाइखुरामा संचालित बाख्राफर्मको लागि रामेछापको बाबियाँखर्कका किसानहरुको डाले घाँस चोरेर ल्याउने क्रममा स्थानीयले गाडी र थानापति कृषक समुहका गिरीलाई नियन्त्रणमा लिएका थिए ।
गिरी आइतवार बिहान झिसमिसेमा स्थानियहरु नउठ्दै गाडी लिएर बाबियाखर्क पुगेका थिए । उनले किसानको बारी डिलमा रहेको डालेघाँस चोरेर ट्रकमा राखेर मन्थलीमा रहेको बाख्रा फर्ममा ल्याउने क्रममा उनी स्थानियको फन्दामा परेका थिए । यसअघि पनि पटक–पटक बाबियाखर्कका किसानहरुको बारी कान्लाबाट डालेघाँस चोरी भएपछि उनीहरुले चोर पत्ता लगाउन निगरानी राखेका थिए । सोही निगरानिको क्रममा सोमवार गिरीलाई स्थानिय किसानहरुले पक्राउ गरे ।
बारीकान्लाको चोरी गरेको घाँस ट्रकमा राखेर हिडेको देखेपछि किसानहरु गाडीको पिछा गर्दै सदरमुकाम मन्थलीसम्म आएका थिए । उनीहरुले चोेरेर ल्याएको घाँस थानापति बाख्रापालक कृषक समूहले बाख्रा पालन ब्यवसाय गरेकोे मन्थली स्थित गाइखुरामा रहेको फार्म नजिक पु¥याएपछि घाँस बोकेको ट्रक समेत नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।


बाख्रा फार्म संचालक गिरीले यसपटक बाबियाखर्कका तीनजना किसानको डालेघाँस ल्याएका थिए । गाउँमा रुखघाँस पटक–पटक चोरी भएपछि निगरानी बढाएका थियौं । यसपटक भने घाँस चोर पत्ता लगाएरै छाड्यौं रामेछाप नगरपालिका वडा नं–८ बाबियाखर्कका गोबिन्दबहादुर कार्कीले जानकारी दिए ।
गाउँमा घाँस चोरि भएको हल्ला सुने, मेरो त चोरी भएको छैन होला भनेर बारिमा गएर हेर्दा मेरो पनि पटमिरो र इपिलको घाँस चोरी भएको रहेछ । त्यसपछि घाँस चोरि गरेर हिडेको गाडीको पछि लागेको प्रकाश घिमिरेले बताए । उनले भने– थानापति बाख्रा पालन फार्मका सञ्चालक गिरीले आफ्नो तर्फवाट गल्ती भएको भन्दै अब उप्रान्त यस्तो गल्ती नगर्ने शर्तमा प्रहरीको रोहबरमा बिबाद मिलेको जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...