रामेछाप । मन्थली नगरपालिका–१ देवकोटा चोक स्थित रेडक्रस लाइनमा निमार्ण भएको नयाँ घरमा रङ लगाउने क्रममा घरको तेस्रो तलावाट चिप्लीएर लड्दा आइतवार एक युवकको ज्यान गएको छ ।
स्थानिय राजु थापाको नयाँ निमार्ण हुँदै गरेको घरमा रङ लगाउँदै गर्दा छिमेकी जिल्ला दोलखाकाको भिमेश्वर नगरपालिका–५ का ३६ वर्षिय राजन दाहालको ज्यान गएको हो । घरको तेस्रो तलाको बाहिरी भागमा रङ लगाउँदै गर्दा अचानक खट बाधिएको बाँसवाट चिप्लीएर उनी भुईमा बझारिएका थिए ।
घाइते दाहालको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको तत्कालै घटनास्थलवाट उद्धार गरि मन्थली स्थित तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाण्डौं पठाइएकोमा दाहालको बिच वाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।