रक्तदान कार्यक्रम सम्पन्न

Written by meropradesh creator

१८ मंसिर २०७९, आईतवार

चित्रमाया श्रेष्ठ ।

रामेछाप । सदरमुकाम मन्थलीमा रहेका अस्पतालहरुमा रगत अभाब हुँदा उपचार लिन आउने सेवाग्राहीहरु प्रभावित भएपछि एकदिने रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

जिल्लाकै ठूलो सहकारी संस्था नवजागरण बचत तथा ऋण सहकारी संस्था (युवा उप–समिति)को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गरेको हो । रक्तदान कार्यक्रममा विभिन्न ब्लड समुहका २१ जना व्यक्तिले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमबाट जम्मा गरिएको ब्लड मन्थलीमा रहेका तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार लिन आएका विरामीहरुलाई उपलव्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटीमा जिम्मा दिइएको नवजागरण बचत तथा ऋण सहकारी संस्था (युवा उप–समिति)का संयोजक सुरेश उदासले जानकारी दिए ।

उनले भने– मन्थलीमा रहेका अस्पतालहरुमा रगत अभाव हुँदा विरामीहरुले सहज ढंगले सेवा लिन समस्या भएको भन्ने गुनासो यत्रतत्र सुनिएकाले रगत अभावमा कुनै पनि विरामीहरु उपचारवाट वञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । अस्पतालहरुलाई आवश्यक परेको बखत संस्थाले आगामी दिनमा पनि यस्ता रचनामत्क कार्यक्रमहरु संचालन गर्ने पनि संयोजक उदासले बताए ।

आयोजक संस्था नवजागरण बचत तथा ऋण सहकारी संस्थाले समयसमयमा विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, सामुदायिक विद्यालय र पत्रकार महासंघलाई कम्प्युटर वितरण, असक्त, अपाङ्ग लगाएतलाई सहयोग, आगलागी, भुकम्प पिडीत, बाढिपहिरो लगाएतका घटनामा पिडीत भएका आफ्ना शेयर सदस्यहरुलाई सहयोग गर्दै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...