रकम असुल्ने प्रहरी सईनै हिरासतमा

Written by meropradesh creator

११ बैशाख २०७९, आईतवार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब निरीक्षक (सई) प्रकाश पौडेलले एक नाबालक जोडिसंँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हिरासतमा तानिएका छन् ।

सर्लाही जिल्ला घर भई हाल मन्थली नगरपालीका–१ मन्थली बजारको फरमुला अटोसोलुसनमा कार्यरत करिब १९ बर्षिय मजदुर पुरुषोतम यादबले दोलखा जिल्ला घर भई हाल रामेछापको मन्थलीमा बस्दै आएकी एक १४ बर्षिय बालीकासँग विवाह गरेको कसुर ढाकछोप गरी मिलाईदिने बहानामा १ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई हिरासतमा लिएको हो ।

मन्थली बजारको सुरक्षाका लागि गस्तीमा खटिएको बेला प्रहरी नायब निरीक्षक पौडेलले एक हप्ता अघि यादवले काम गर्दै आएको कम्पनीमा नै पुगेर बालीकासँग अनमेल विवाह गरेको कारण कानुनी कार्वाहि भोग्नु पर्ने चेतावनी दिएका थिए । पौडेलको धम्किबाट अतालिएका यादबले पनि घटनालाई मिलाई दिन आग्रह गरे । सो क्रममा प्रहरी नायब निरीक्षक पौडेलले कसैलाई नभन्ने सर्तमा यादवसँग १ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै रकम माग गरेका थिए ।

मजदुर यादबले एकै पटक आफुुसँग त्यति धेरै रकम दिनसक्ने अवस्था नरहेको बताएपछि प्रहरी नायव निरीक्षक पौडेलले किस्ता बन्दीमा रकम दिन आग्रह गरे । उनको आग्रह अनुसार यादवले पहिलो किस्ता बापत १ लाख रुपैयाँ पौडेललाई दिएका थिए । बाँकी ५० हजार रुपैयाँ पछि काम गरेर तलब आएपछि दिने बताए । यता प्रहरी नायव निरीक्षक पौडेलले भने यादवको मोबायल नंम्बर लिएर यादबको जोडिलाई तत्काल जिल्लाबाट भाग्न निर्र्देशन दिए ।

प्रहरी नायव निरीक्षक पौडेलको निर्देशन अनुसार यादवले जिल्ला छाडेका हुन् । घटनाको बारेमा जानकारी लिन यादबको मोबायल नं–९८४०९०२६४४ मा पटक–पटक सम्पर्क गर्न खोज्दा निजको नम्बर स्वीच अफ भएकोले सम्पर्क हुन सकेन् । प्रहरीले भने यस घटनालाई अहिलेसम्म पनि गुपचुप राखेर टार्नै प्रयास गरिरहेको आरोप स्थानिय नागरिकहरुले लगाउँदै आएका छन् ।

प्रहरीले घटनालाई गुपचुप राखेको भन्ने आरोप र पौडेलले रकम असुलेर मान्छे भगाएको आरोपका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले आरोपीत पौडेललाई हिरासतमा लिएर आबश्यक अनुसन्धान भईरहेको र बास्तविकता बुझने प्रयास भई रहेको बताए । उनले भने यसबारेमा पुष्टि भएपछि घटनाको स–विस्तार बाहिर ल्याउने जानकारी पनि गराए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...