रकम अभावले अध्ययन केन्द्र बन्द

Written by meropradesh creator

२९ कार्तिक २०७७, शनिबार

रामेछाप ।

दोरम्वा गाउँपालिकाको दोरम्वा वजारमा २०६४ साल देखी संचालन भएको सामुदायिक अध्ययन केन्द्र आर्थिक अभावका कारण बन्द भएको छ ।
त्यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अधययनरत बालबालिकाहरुलाई अध्ययनमा सहजता पुगोस् भन्ने उद्धेश्यले २०६४ सालमा उक्त अध्ययन केन्द्र स्थापना भएको थियो । अध्यनन केन्द्र बन्द हुँदा त्यस भेगका सामुदायिक विद्यालयमा अध्ययरनत वालवालिकाहरुले कम्प्युटर शिक्षा पाउन सकेका छैनन् ।
दोरम्वा वजार जिल्लाकै ऐतिहाासिक बजार रहेकाले त्यस ठाउँमा पुग्ने अन्य नागरिकहरुलाई समेत अध्ययन गर्न सहजता मिल्ने भएकाले गैरसरकारी संस्था आरआरएनले ३ वटा डेक्सटप कम्प्युटर र एक थान प्रिन्टर समेत सहयोग गरेको छ । त्यस सामुदायिक अध्ययन केन्द्रमा कम्प्युटर चलाउन जान्ने प्राविधिक कर्मचारी भर्ना गर्न नसक्दा उक्त सामुयिक अध्ययन केन्द्रको कम्प्युटर कोठामा माकुराको जालोले गुड लगाएको छ ।
दोरम्वामा रहेको सामुदायिक अध्ययन केन्द्र २०६४ साल देखी काकलिङ माध्यमिक विद्यालय मार्फत संचालन हुँदै आएको थियो । विद्यालयले पनि सहज तरीकाले संचालन गर्न नसकेको जन गुनासो अभिभावकहरुले गरेपछि विद्यालयवाट निकालेर दोरम्वा वजारमा संचालन गरिएको सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मिनवहादुर घिसिङ्गले जानकारी दिए ।
उनले भने– विद्यालयवाट संचालन भएको अध्ययन केन्द्र सहज तरीकाले संचालन गर्न नसकेको भन्ने गुनासो आएपछि हाम्रै पहलमा बजारमा सार्यौं । बजारमा अध्ययन केन्द्र भएपछि धेरै नागरिकहरुलाई पायक पर्ने भएको र दोरम्वा वजार हुँदै शैलुङ्ग क्षेत्र जाने पैदल यात्रुहरुलाई पनि सहज भएको थियो । संस्थाले पुस्ताकालयमा बसेर काम गर्ने दक्ष जनशक्ति राख्न आर्थिक अवस्थाले नसकेकाले अहिले बन्द हुन पुगेको अध्यक्ष घिसिङ्गले बताए ।
अध्ययन केन्द्रको सहजताका लागि केही वर्ष अघिसम्म रामेछापमा संचालन भएको गैरसरकारी संस्था आरआरएनले पुस्ताकालयलाई ३ वटा डेक्सटप कम्प्युटर र १ वटा फोटोकपी मेसिन समेत उपलव्ध गराएको थियो । संस्थाले दिएको कम्प्युटर र फोटोकपी मेसिनमा अहिले

माकुराले जालो लगाएको अलपत्र अवस्थामा रहेका छन् ।
दोरम्बामा रहेको सामुदायिक अध्ययन केन्द्रलाई नेपाल सरकारले वार्षिक १ लाख रुपैयाँ दिदै आएको छ । उक्त रकमबाट अध्ययन केन्द्रमा एकजना सामाजिक परिचालक भर्ना गरिएको छ । सरकारवाट प्राप्त रकमले सामाजिक परिचालकलाई नै तलब खुवाउन गाह्रो भएकाले कम्प्युटर प्राविधिक कर्मचारी भर्ना गर्न नसकिएको सो अध्ययन केन्द्रका संचालकहरुले बताएका छन् । स्थानिय सरकार गाउँमा आएपनि अध्ययन केन्द्रलाई आवश्यक पर्ने बजेट नदिदा अध्ययन केन्द्र बन्द हुन पुगेको हो ।
आर्थिक अभावमा बन्द रहेको दोरम्वा वजारको सामुदायिक अध्ययन केन्द्र तत्काल वजेटको व्यवस्थापन गरेर संचालनमा ल्याउने दोरम्वा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले जानकारी दिइन । उनले भनिन्– सामुदायिक अध्ययन केन्द्र भनेको विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य सँग जोडिएको बिषय भएकाले पालिकाले यसलाई गम्भिरताका साथ हेरेको छ । बन्द रहेको उक्त अध्ययन केन्द्र केही दिन भित्रै वजेटको व्यवस्थापन गरेर संचालन गर्ने र आवश्यक फर्निचर, कम्प्युटर, इन्टरनेट लगाएतको व्यवस्थापन समेत गर्ने उपाध्यक्ष घिसिङ्गले बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...