रीतिरिवाज र संस्कृति संरक्षणमा मन्थलीका नवार समुदाय

Written by meropradesh creator

३ भाद्र २०८०, आईतवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको नेवार समुदाय आफ्नो रीतिरिवाज र संस्कृति संरक्षणमा जुटेका छन् । नेवार समुदायको संस्कार, संस्कृति ,रीतिरिवाजको संरक्षण गर्ने उद्देश्य सहित सदरमुकाम मन्थलीमा रहेको नेवार समुदाय एकजुट भएर लागेका छन् । यही भाद्र महिनामा हुने गाईजात्रा, रोपाई जात्रा, कृष्ण अष्टमी, लाखे मार्ने नाच लगायत पर्वलाई लक्षित गरी मन्थलीका नेवार समुदाय विशेष तयारीमा जुटेका छन् । जिल्लाको विभिन्न स्थानमा यो पर्व नेवार समुदायले मनाउने गरेको भए पनि मन्थलीमा भने पहिलो पटक मनाउन लागिपरेका छन् । जनैपुर्णिमा देखी कृष्ण जन्माष्टमीको भोलिपल्ट सम्म मनाइने जात्रालाई गाईजात्रा तथा हिले जात्रा भन्ने गरिन्छ । यस अवधिमा विभिन्न जात्राहरू निकाल्ने नेवार समुदायमा प्रचलन छ ।
नेवा खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले भने“ हाम्रो नेवार समुदायको पर्व जिल्ला सदरमुकाममा कुनै पनि नहुँदा संस्कार, संस्कृति ,रीतिरिवाजको अन्त्य हुने सम्भावना बढ्दै गएपछि यो वर्ष बाट हामी नेवा खल ,मिसा पुच,नेवा देय दवू मिलेर हाम्रो नेवा समुदायको भाद्र महिनामा पर्ने विभिन्न पर्व गाईजात्रा, रोपाई जात्रा, कृष्ण अष्टमी, लाखे मार्ने नाच मन्थली बजारमा निकाल्ने तयारी गरेका छौँ । हाम्रो समुदायको पर्व नेपालको पहिचान हो , हामीले यसको जर्गेना गर्न पर्छ । यदि जगेर्ना गर्न सकेनौँ भने हाम्रो अस्तित्व मेटिन सक्छ । जब नेवार समुदायको अस्तित्व हराउँछ । नेपालको विश्वमा अस्तित्व हराउँछ ।
यो वर्ष सदरमुकाम मन्थलीमा गाईजात्रा भाद्र १४ गते दिनको ११ बजे, रोपाई जात्रा भाद्र १६ गते दिनको ११ बजे , कृष्ण अष्टमी भाद्र २० गते बिहान ९ बजे कृष्णको रथ यात्रा गरी मनाउने र भाद्र २१ गते लाखे मार्ने नाच निकाल्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । नेवारी भाषा तथा संस्कृतिको संरक्षणका लागी एक सेट नेवारी बाजा मन्थली नगरपालिकाले उपलब्ध गराएको भन्दै अध्यक्ष श्रेष्ठले मन्थली नगरपालिकालाई धन्यवाद समेत दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...