काठमाण्डौं । राष्ट्रिय सदस्य कोमल ओलीले आफूमाथि विभिन्न अपशब्द प्रयोग गरि गाली बेइज्जती गरेको भन्दै रघुजी पन्तविरुद्ध गाली बेइज्जती सम्वन्धी कसुरमा मुद्दा दर्ता गर्न जिल्ला अदालत काठमाण्डौं पुगेकी छिन् ।
ओली आफ्ना कलाकारसहितको टोली लिएर मंगलवार जिल्ला अदालत काठमाण्डौं पुगेकी हुन् । यही फागुन १५ गते काठमाण्डौंमा आयोजना भएका एक कार्यक्रममा नेता रघुजी पन्तले पार्टीमा कुनै योगदान नै नगरि कोमल ओली राष्ट्रियसभा सदस्य भएको भन्दै अपशब्द प्रयोग गरेका थिए ।
नेता माधवकुमार नेपाल निकट रहेका नेता पन्तले “ओलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइल जान पाम् भनेपनि सांसद भएको” जस्ता अपशव्द बोलेका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...