रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार उहाँले रास्वपा त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशी हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले पार्टी कार्यालयमा स्वागत गर्नुभयो । सो अवसरमा सभापति थापाले लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध व्यक्तिहरूको आगमनले पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
हुमागाईँले देशको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन कांग्रेसको भूमिकालाई महत्वपूर्ण ठानेर पार्टी प्रवेश गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पार्टी संगठनलाई मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।









