राष्ट्रपतिको सहजीकरणमा प्रधानमन्त्री र शीर्ष नेताबीच पहिलो भेट, संवादहीनता तोडियो

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरणमा प्रधानमन्त्री सुशीला कार्की र देशका शीर्ष तीन दलका नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूसँग सामूहिक छलफल गरेकी हुन् ।
शीतल निवासमा जारी छलफलमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् । बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री कार्की नेतृत्वको जेन–जी सरकार गठन भएको करिब तीन महिनापछि शीर्ष राजनीतिक नेतृत्व एकै ठाउँमा भेला भएको यो पहिलो घट्ना हो । प्रधानमन्त्री नियुक्तिपछि शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद नहुँदा राजनीतिक संवादहीनता बढ्दै गएको भन्दै चौतर्फी दबाबसमेत बढिरहेको थियो ।
विशेषगरी आगामी निर्वाचनको तयारी सुरु भइरहेका बेला प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुपर्ने आवश्यकता महसुस भइरहेकै समयमा राष्ट्रपतिको पहलमा यो भेटवार्ता भएको हो । यसले लामो समयदेखि देखिएको संवादको अभाव अन्त्य भएको संकेत गरेको विश्लेषण गरिएको छ ।
कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको संवेदनशील घडीमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतालाई एकै ठाउँमा राखेर छलफल गराउनुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । छलफलबाट राजनीतिक गतिरोध समाधान र आपसी समझदारीतर्फ सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...