रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल भइरहेको प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेकी छिन् ।
सोमवार बिहान वसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गर्न मन्त्रीपरिषद्को सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजीम प्रतिनिधिसभाको चालु अधिवेशनको अन्त्य भएको घोषणा गरेकी हुन् ।
राष्ट्रपतिले सभामुखलाई प्रेसित गरेको पत्रमा लेखिएको छ, नेपालको संविधानको धारण ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रीपरिष्द्को मिति २०७८ बैशाख ६ को सिफारिसको आधारमा प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन संवत् २०७८ साल बैशाख ६ गते सोमवारका दिन अपरान्ह १ वजेदेखी अन्त्य गरेको छु ।