राष्ट्रपति रनिङ शिल्ड गोकुलगंगाको उपाधि गोकुलगंगा माविलाई

Written by meropradesh creator

८ फाल्गुन २०७९, सोमबार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ को उपाधी गोकुलगंगा माविले हात पारेको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालुमा रहेको गोकुलगंगा माविले ९ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै राष्ट्रपति रनिङ शिल उचालेको हो । साथै गोकुलगंगा माविले शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै वडा नं २ ठोसेमा रहेको सारादा मावि ले ५ स्वर्ण, ७ रजत र ६ कास्य सहित दोस्रो हुँदै ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । वडा नं ४ बेतालीमा रहेको जनजागृति माविले ५ स्वर्ण, ४ रजत ४ कास्य सहित तेस्रो स्थान कायम गरेको छ । उसले पनि ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
वडा नम्बर ५ नमाडीमा रहेको कमलादेवी माविले ४ स्वर्ण, ३ रजत, र २ कास्य पदक जित्दै सान्त्वना भएको छ । विजयी खेलाडीहरूलाई सोही पालिकाका स्थानीय समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार प्रदान गरेका छन् ।
गत बिहीबार वाट सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका सबै माविले सहभागिता जनाएका थिए ।
गत बिहीबार बागमती प्रदेशका प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ (बिगुल) ले खेलको उद्घाटन गरेका थिए ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...