राष्ट्रिय सेवा दलमा केव्स स्कुलका छात्र श्रेष्ठ सर्वोत्कृष्ट

१६ मंसिर २०८१, आईतवार

युबराज श्रेष्ठ

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको केव्स स्कुलका छात्र राशिक श्रेष्ठ राष्ट्रिय सेवा दल -NCC_ को बर्दिबास सैनिक शिविरमा सर्वोत्कृष्ट भएका छन् । मध्य पूर्वका १६ ओटा विद्यालयका ४७० जना बिद्यार्थीहरुलाई पछि पार्दै श्रेष्ठ  सर्वोत्कृष्ट भएका छन् । श्रेष्ठलाई राष्ट्रिय सेवा दल -NCC_ले Senior Under Officer -SUO_दर्जा प्रदान गरेको छ ।

यसै गरी Platun Commander  -PS_  (एक)मा छात्रा स्वस्तिका रायमाझी छनोट भएकी छिन् । उनीहरूलाई नेपाली सेना मध्य पूर्वी पृतनाका उपरथी (जर्नेल) सुदर्शन सिलवालले दर्ज्यानी चिन्ह सहित ट्रफि प्रदान गरेका छन् । गत असार १४ गते देखी सुरु भएको राष्ट्रिय सेवा दल  -NCC_ तालिममा केव्स स्कुल रामेछाप बाट १८ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । मध्य पूर्वी तालिम शिक्षालय बर्दिबासमा भने कार्तिक २५ गते बाट सुरु भएको २१ दिने तालिममा काठमाडौँ, चितवन, मकवानपुर, काभ्रे लगायतका १६ वटा विद्यालयका बिद्यार्थीहरु सहभागी रहेका थिए । जस मध्य केव्स स्कुल सबै विद्यामा चौथो हुन सफल भएका छन् । केव्स स्कुलले लिखित र कवाज तर्फ प्रथम, वक्तृत्व तर्फ द्वितीय र छात्र भलिबल तथा स्याण्ड मोडल तर्फ तृतीय स्थान प्राप्त गर्न सफल भएको केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सीनाले जानकारी दिनु भयो ।

साथै प्रिन्सिपल तिमल्सीनाले सम्पूर्ण क्याडेट छात्रछात्राहरू, अभिभावकहरू, समन्वय शिक्षक, -NCC_ प्रशिक्षकहरू र मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...