युबराज श्रेष्ठ
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको केव्स स्कुलका छात्र राशिक श्रेष्ठ राष्ट्रिय सेवा दल -NCC_ को बर्दिबास सैनिक शिविरमा सर्वोत्कृष्ट भएका छन् । मध्य पूर्वका १६ ओटा विद्यालयका ४७० जना बिद्यार्थीहरुलाई पछि पार्दै श्रेष्ठ सर्वोत्कृष्ट भएका छन् । श्रेष्ठलाई राष्ट्रिय सेवा दल -NCC_ले Senior Under Officer -SUO_दर्जा प्रदान गरेको छ ।
यसै गरी Platun Commander -PS_ (एक)मा छात्रा स्वस्तिका रायमाझी छनोट भएकी छिन् । उनीहरूलाई नेपाली सेना मध्य पूर्वी पृतनाका उपरथी (जर्नेल) सुदर्शन सिलवालले दर्ज्यानी चिन्ह सहित ट्रफि प्रदान गरेका छन् । गत असार १४ गते देखी सुरु भएको राष्ट्रिय सेवा दल -NCC_ तालिममा केव्स स्कुल रामेछाप बाट १८ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । मध्य पूर्वी तालिम शिक्षालय बर्दिबासमा भने कार्तिक २५ गते बाट सुरु भएको २१ दिने तालिममा काठमाडौँ, चितवन, मकवानपुर, काभ्रे लगायतका १६ वटा विद्यालयका बिद्यार्थीहरु सहभागी रहेका थिए । जस मध्य केव्स स्कुल सबै विद्यामा चौथो हुन सफल भएका छन् । केव्स स्कुलले लिखित र कवाज तर्फ प्रथम, वक्तृत्व तर्फ द्वितीय र छात्र भलिबल तथा स्याण्ड मोडल तर्फ तृतीय स्थान प्राप्त गर्न सफल भएको केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सीनाले जानकारी दिनु भयो ।
साथै प्रिन्सिपल तिमल्सीनाले सम्पूर्ण क्याडेट छात्रछात्राहरू, अभिभावकहरू, समन्वय शिक्षक, -NCC_ प्रशिक्षकहरू र मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।