राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार अधिकारीलाई सम्मानीत

विराटनगर । राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार गीता अधिकारीलाई सम्मान गरेको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको हो ।


काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ ।


संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । यस्तै, ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’


कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताउनुभयो ।अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहनुभएको थियो । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिएको थियो । प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको सञ्चालन रघुनाथ सापकोटाले गर्नुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...