रासायनिक मलको अभाव जस्ताको त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बबण्डर

Written by meropradesh creator

१ पुष २०७७, बुधबार

नेपालमा अझैपनी रासायनिक मलको अभाव जस्ताको त्यस्तै रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यो एक वर्षको अवधिमा तीनजना कृषि सचिव परिवर्तन भएपनि मलको अभावलाई परिपूर्ति गर्न नसक्दा नेपाली किसानहरु सरकारको कामकार्वाही प्रति रुष्ट छन् ।
दशकौ ंदेखि हुँदै आईरहेको रासायनिक मलको खेल भित्रभित्र रहस्यमय देखिन्छ । आम नागरिकको चासोको विषय नभएका कारण पनि रासायनिक मल भित्र भित्र ‘क्रोनिक’ जस्तै बनिरहेको छ । रासायनिक मल नपाउनुको पीडा ६५ प्रतिशत जनता अर्थात किसानहरुलाई मात्र छ । यतिधेरै किसानहरु यसबाट पीडित हुँदा पनि राज्य भने बेखवर जस्तै बनिरहेको देखिन्छ वर्षौदेखि ।
नेपाली कार्लमाक्र्स भनेर चिनिने घनश्याम भुसाल कृषि मन्त्री पदमा विराजमान छन् । तर, मन्त्री भएर आएदेखि सिन्को पनि भाँच्न सकेका छैनन् । रासायनिक मलको यत्रो अभाव हुँदा मन्त्रालयको मल शाखाका हाकिमका रुपमा रहेको डा. गंगादत्त आचार्यलाई निजी सचिवका रुपमा जिम्मेवारी सुम्पेर काम लगाएका छन् । रासायनिक मलको अभाव धान्न भन्दै कहिले पैचो त कहिले जिटुजीको माध्यमको रटान गर्दै आईरहेको भएपनि मल भने आउन सकेको छैन ।
रासायनिक मल नआउँदा किसानहरुको विजोग त भएको छ नै कृषि मन्त्री भुसालको वितगको छविमा समेत धक्का लागेको छ । मलको हाकिकलाई निजी सचिव बनाउँदा पनि मल नआएपछि मन्त्री भुसाल छटपटिनु स्वभाविकै हो । तर उनको छटपटाहट मल नआएरै हुनु पर्दथ्यो तर त्यसो हुन सकेको देखिँदैन । त्यही भएर होला बर्षौदेखि मलमा हुने गरेको खेल खुल्न थालेपछि कृषि विकास मन्त्रालयमा बबण्डर शुरु भएको छ ।
रासायनिक मल आयात गर्दै आईरहेको सरकारी निकाय कृषि सामग्री कम्पनीले मात्र मल ल्याउँदा भनेको समयमा नआएको भन्दै २०७१ सालमा बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहँदा कृषि मन्त्रालय समेत सम्हालेका थिए । त्यस बेलादेखि साल्ट टे«डिङ्ग कर्पोरेशनलाई पनि रासायनिक मल आयात गर्न स्वीकृति दिईएको थियो । तर मलको अभाव पनि कम हुन छाडेन । साल्ट टे«डिङ्ग कर्पोरेशन भित्र पनि रासायनिक मल माफिया र कृषि विकास मन्त्रालयको केही उच्च अधिकारीहरुको आर्थिक लोभले नेपाली किसानहरुसँधै मारमा पर्दै आईरहेको थिए । अहिले मलको चरम अभाव भएपछि मन्त्री, सचिववीच नै मतान्तर भईरहेको बुझिएको छ ।
रासायनिक मल अभाव बनाउने र मल ल्याउने विषयमा विभिन्न खेलहरु हुने गरेको देखिन्छ । त्यही खेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दोहोरिन लागेपछि बबण्डर मच्चिएको हो । भित्र भित्रै भुसको आगो जस्तै सल्किएको मल काण्ड लुकाउनका लागि विभिन्न व्यक्तिहरु लागिरहेको छन् । मन्त्रीका निजी सचिवका रुपमा काम गर्दै आईरहेका मलका हाकिम डा .गंगादत्त आचार्य त केही सिण्डिकेटधारी पत्रकारलाई प्रयोग पनि गर्दै आईरहेका छन् । मल भित्रको सिण्डिकेटका बारेमा जानकारहरु मौन बसिदिँदा अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय भित्रको बबण्डर बाहिर आउन सकेको छैन । रासायनिक मल भित्र करोडौंको खेल हुने गरेको तथ्य त विगतमा तात्काली कृषि मन्त्री गौरी शंकर चौधरीले प्रष्ट नै पारिदिएका थिए । अहिले सो खेलमा रमाउनेहरु धेरै नै देखिएका छन् । सोही खेलकै कारण प्रचण्डका घरबेटी शारदाले मल ल्याउन चाहेनन् र उनलाई कार्वाही गरेजस्तो गरियो अहिले साल्ट टे«डिङ्ग कर्पोरेशनसँगको मिलेमतोमा अनुदानका मल आयात गरेजस्तो गरेर कृषि सामग्री कम्पनीलाई बदनाम गराउन एउटा खेमा लागिरहेको पनि देखिन्छ । यसको पर्दापछाडि मन्त्रालयका उच्च कर्मचारी मात्र होइन केही राजनीतिक नेतृत्वको पनि हात रहेको छ । जसका कारण मल न त आयात हुने देखिएको छ । नत किसानहरुले सहज रुपमा मल पाउने संकेत नै देखिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...