राप्रपाले प्रजातन्त्र दीवसको अवसरमा झण्डोत्तोलन र चुनाब चिन्ह उद्घाट्न

Written by meropradesh creator

८ फाल्गुन २०७७, शनिबार

रामेछाप । एकहत्तरौै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले झण्डोत्तोलन र चुनाब चिन्हको उद्घाट्न गरेको छ । पार्टी एकिकरण पश्चात राप्रपाको चुनाव चिन्ह हलो र झण्डामा गाई अन्कीत चिन्ह रहेको छ । शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा प्रजातन्त्र दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा झण्डोत्तोलन र चुनाब चिन्ह उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । पार्टी कार्यालय कटहरबोटमा भएको कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले प्रजातन्त्र दिवसको महत्व र त्यसमा राप्रपाले खेल्दै आएको भूमिकाका बारेमा भनाई राखेका थिए ।


कार्यकर्ताहरुको बीचमा बौल्दै बागमती प्रदेशकि सांसद रीता माझीले प्रजातन्त्र विनाको स्वतन्त्रता कल्पना सम्म गर्न नसकिने भन्दै त्यसको जगेर्नाका लागि पनि प्रजातन्त्र दिवसको विषेश महत्व रहेको बताइन । उनले भनिन् राप्रपा नै प्रजातन्त्रको जननी हो । त्यसकारण अन्य पार्टीले प्रजातन्त्रको रक्षा गर्न नसक्ने बताईन ।


उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य सरस्वती श्रेष्ठले मुलुकको परिवर्तनमा प्रजातन्त्र दिवसको अर्थपूर्ण महत्व रहेको र त्यसको संस्थागत विकासका लागि राप्रपाले आफ्नो भूमिकामा थप विस्तार गर्नु पर्ने बताइन् । राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । सो अबसरमा नेपाली काँग्रेस र नेकपाबाट देश सञ्चालन हुन नसक्ने कुराको पुष्टि भइसकेकाले मुलुक निर्माणको जिम्मा राप्रपाको काँधमा आएको भन्दै त्यसको तयारीमा लाग्न पनि कार्यकर्तालाई आग्रह गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...